खुल्ने बित्तिकै बन्द भयो बिपी राजमार्ग

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २१, २०८३
|
|
४५२ पटक हेरिएको
Shares
खुल्ने बित्तिकै बन्द भयो बिपी राजमार्ग

सारांश

  • रोशी खोलामा बाढी आए पछि आज बिहानबाट बन्द गरिएको बिपी राजमार्ग दिउँसो केही समयको लागि खुल्ला गरिएको थियो ।
  • तर राजमार्ग खुल्ला गरिएको एक घण्टा पनि बित्न नपाउँदै प्रहरीले पुनः सडक बन्द गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना निकालेर काभ्रेका विभिन्न स्थानमा भीषण वर्षा भएकोले राजमार्ग बन्द गरिएको जनाएको छ ।

 

२१ वैशाख, रामेछाप ।

रोशी खोलामा बाढी आए पछि आज बिहानबाट बन्द गरिएको बिपी राजमार्ग दिउँसो केही समयको लागि खुल्ला गरिएको थियो । तर राजमार्ग खुल्ला गरिएको एक घण्टा पनि बित्न नपाउँदै प्रहरीले पुनः सडक बन्द गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना निकालेर काभ्रेका विभिन्न स्थानमा भीषण वर्षा भएकोले राजमार्ग बन्द गरिएको जनाएको छ । प्रहरीले ४ः१५ बजे सूचना निकालेर सडक बन्द गरेको जानकारी दिएको हो । यस अघि बिहादेखि बन्द भएको सडक दिउँसो ३ बजेबाट खोलिएको प्रहरीले जानकारी दिएको थियो ।

प्रतिकूल मौसमको कारण काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानहरूमा अत्यधिक ठुलो पानी परिरहेको हुनाले बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको प्रहरीले जनाएको छ । ’मौसममा सुधार आई सडक मार्गमा कुनै अवरोध नभएको अवस्थामा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले अर्को सूचना प्रकाशन गरी बाटो सुचारु भएको जानकारी गराउनेछ, थप जानकारी तथा सूचनाको लागि १०० र १०३ मा सम्पर्क गर्नुहोला,’ काभ्रे प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ । गत वर्ष र अघिल्लो वर्ष रोशीमा आएको बाढीले सो क्षेत्रमा बिपी राजमार्ग अधिकांश स्थानमा बगाएको छ । सडक बगाए पछि अहिले खालमा नै अस्थायी सडक बनाएर यातायात सञ्चालन हुँदै आएको छ । त्यसैले सामान्य बाढी आउने बित्तिकै सडक बगाउने गर्दछ । सडक निर्माणको काम भइरहेको भए पनि यही गतिमा निर्माण अघि बढ्दा यो वर्षामा सो सडक सञ्चालन हुने अवस्था छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुलउपर गर्न राज्य व्यवस्था समितिको निर्देशन
एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुलउपर गर्न राज्य व्यवस्था समितिको निर्देशन
रोहितको टेस्ट क्रिकेटबाट सन्न्यास : शान्त निर्णय, तर गहिरो प्रभाव
रोहितको टेस्ट क्रिकेटबाट सन्न्यास : शान्त निर्णय, तर गहिरो प्रभाव
चुनावअघि नै महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा बुझाए ज्ञापनपत्र
चुनावअघि नै महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा बुझाए ज्ञापनपत्र
इलाममा दाजुभाइमाथि धारिलो हतियार प्रहार, भाइको मृ*त्यु
इलाममा दाजुभाइमाथि धारिलो हतियार प्रहार, भाइको मृ*त्यु
काठमाडौं र ललितपुरका केही ठाउँमा ५ घण्टा बिजुली अवरुद्ध
काठमाडौं र ललितपुरका केही ठाउँमा ५ घण्टा बिजुली अवरुद्ध
सर्लाहीमा लागुऔषधसहित तीन जना पक्राउ
सर्लाहीमा लागुऔषधसहित तीन जना पक्राउ
मन्त्रालयलाई बालेनको जवाफ : धरहराको पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नू
मन्त्रालयलाई बालेनको जवाफ : धरहराको पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नू
दुई दिन रात्रिबस नचलाउन निर्देशन
दुई दिन रात्रिबस नचलाउन निर्देशन
भुटानमाथि नेपालको सानदार जित
भुटानमाथि नेपालको सानदार जित
अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति
अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति