नेपालले आर्थिक छलाङ मार्ने बेला आयो : अर्थमन्त्री डा. वाग्ले

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १९, २०८३
|
|
३७२ पटक हेरिएको
Shares
नेपालले आर्थिक छलाङ मार्ने बेला आयो : अर्थमन्त्री डा. वाग्ले

सारांश

  • अर्थमन्त्री डा.
  • स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको उल्लेख गर्दै अब नेपालले आर्थिक छलाङ मार्ने बेला आएको बताएका छन् ।
  •  बाह्रखरी मिडियाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानी १ हजार ५ सय डलर रहेको र हाल नेपाल पनि सोही बिन्दुमा रहेकाले यो नेपालका लागि ‘आर्थिक प्रस्थान बिन्दु’ भएको बताए ।

१९ वैशाख, काठमाडौँ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको उल्लेख गर्दै अब नेपालले आर्थिक छलाङ मार्ने बेला आएको बताएका छन् । बाह्रखरी मिडियाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानी १ हजार ५ सय डलर रहेको र हाल नेपाल पनि सोही बिन्दुमा रहेकाले यो नेपालका लागि ‘आर्थिक प्रस्थान बिन्दु’ भएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकार पाँच वर्षको पूर्ण कार्यकाल चल्ने दाबी गर्दै उनले यसले लगानीकर्ताका लागि नीतिगत स्थिरता र सुनिश्चितता प्रदान गर्ने बताए । ‘विगतमा नीतिगत कब्जा र भ्रष्ट राजनीतिज्ञहरूसँगको अस्वस्थ सम्बन्धका कारण व्यावसायिक वातावरण धमिलिएको थियो । अब त्यो अन्त्य हुनेछ,’ उनले भने, ‘कानुन कार्यान्वयनमा हामी निर्मम र कठोर हुनेछौँ तर इमानदार उद्यमीहरू डराउनुपर्ने अवस्था छैन ।

’ उनले थपे, ‘आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ, जसमा लगानीको सुरक्षा, सम्पत्तिको रक्षा र करार कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनेछ ।’  निजी क्षेत्रको मनोबल उच्च बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै मन्त्री वाग्लेले इमानदार व्यवसायीलाई सरकारले पूर्ण संरक्षण गर्ने बताए । ‘हामी चाहन्छौँ कि निजी क्षेत्रले इमानदारिताको जगमा उभिएर व्यवसाय विस्तार गरोस् र राष्ट्रको अर्थतन्त्रमा योगदान पुर्‍याओस्,’ उनले थपे ।  आगामी ७ वर्षमा प्रतिव्यक्ति आम्दानी ३ हजार डलर र अर्थतन्त्रको आकार १०० अर्ब डलरको हाराहारीमा पुर्‍याउने लक्ष्य राखिएको जानकारी उनले दिए । भारतले विगत १०–१२ वर्षमा हासिल गरेको ९ देखि १० प्रतिशतको आर्थिक वृद्धिलाई नेपालले पनि पछ्याउन सक्ने उनको भनाइ छ ।

कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पूर्वसल्लाहकार अमिताभ कान्त र पूर्वअर्थसचिव रामेश्वर खनालको धारणाप्रति सहमति जनाउँदै मन्त्री वाग्लेले नेपालको पर्यटन, जलविद्युत् र उच्च मूल्यका कृषि उपजले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताए । नेपाल भूपरिवेष्टित राष्ट्र भएकाले भौगोलिक जटिलतालाई चिर्न ‘डिजिटलाइजेसन’ नै प्रमुख अस्त्र हुने उनको तर्क छ । सूचना प्रविधिलाई प्राथमिकता दिनकै लागि सूचना प्रविधि विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको र यसले सेवा प्रवाहमा क्रान्ति ल्याउने विश्वास उनले व्यक्त गरे ।

‘हामी सन् २०२७ सम्मको चुनावी चक्र पर्खिरहेका थियौँ, तर ‘जेनजी’ आन्दोलनले हामीलाई समयअगावै जिम्मेवारी सुम्पिएको छ । अब हामी सुशासन र आर्थिक वृद्धिको स्पष्ट मार्गचित्रसहित अघि बढ्नेछौँ,’ उनले भने, ‘मैले विगत १२ वर्षदेखि भन्दै आएको ‘तौलरहित र दूरीरहित’ अर्थतन्त्रको अवधारणा कार्यान्वयन गर्ने समय आएको छ ।’ उनले रुग्ण कानुनहरूको खारेजी र प्रशासनिक झन्झटको अन्त्य नै आफ्नो पहिलो प्राथमिकता रहेको पुनः दोहोर्‍याए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुरका यी ठाउँमा आज विद्युत सेवा अवरुद्ध
ललितपुरका यी ठाउँमा आज विद्युत सेवा अवरुद्ध
उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृ*त्यु, ५ जना घाइते
उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृ*त्यु, ५ जना घाइते
इटहरीमा महिलाको शंकास्पद मृत्यु, आफन्तलाई खबरै नगरी रातारात दाहसंस्कार
इटहरीमा महिलाको शंकास्पद मृत्यु, आफन्तलाई खबरै नगरी रातारात दाहसंस्कार
राष्ट्रपति पौडेलको अपिल, म संवैधानिक दायराबाटै निकासका लागि हरप्रयासमा छु, संयम हुनुहोला
राष्ट्रपति पौडेलको अपिल, म संवैधानिक दायराबाटै निकासका लागि हरप्रयासमा छु, संयम हुनुहोला
गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो
गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो
कुलमान आफैं उपस्थित भएर उज्यालो नेपालले घोषणा सभा गर्ने
कुलमान आफैं उपस्थित भएर उज्यालो नेपालले घोषणा सभा गर्ने
भन्सार छलीको गाडी र १४ लाख नगदसहित ३ जना पक्राउ
भन्सार छलीको गाडी र १४ लाख नगदसहित ३ जना पक्राउ
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन
एक सातामै थपिए ७१९ डेंगु सङ्क्रमित
एक सातामै थपिए ७१९ डेंगु सङ्क्रमित
ईभी हाइसको ठक्करबाट महिलाको मृत्यु
ईभी हाइसको ठक्करबाट महिलाको मृत्यु