संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालले पनि दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १९, २०८३
|
|
१११ पटक हेरिएको
Shares
संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालले पनि दिए राजीनामा

सारांश

  • संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.
  • डा.
  • धनेश्वर नेपालले पनि राजीनामा दिएका छन् ।

१९ वैशाख, काठमाडौं ।

संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले पनि राजीनामा दिएका छन् । सरकारले विश्वविद्यालयका पदाधिकारी हटाउनेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि उपकुलपतिहरूले धमाधम राजीनामा दिन थालेका हुन् । उनले शुक्रबार राजीनामा दिएका हुन् । ‘हिजो राजीनामा दिएको छु । २२ गतेबाट लागू हुनेगरी दिएको हो । बीचमा २ दिन बिदा परेको छ । २१ गते विश्वविद्यालयमा बिदाइ कार्यक्रम हुन्छ,’ उनले भने । २०८१ पुस ७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई उपकुलपतिमा नियुक्त गरेका थिए ।

यसअघि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिएका थिए । १७ वैशाखमा त्रिविका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् । तर दुई तिहाइ नजिकको मत ल्याएको रास्वपाले राजनीतिक नियुक्ति लिएकालाई मार्गप्रशस्त गर्न भनेको थियो । तर सरकारले अध्यादेश नै ल्याउन लागेपछि धमाधम राजीनामा दिएका छन् । सरकारले सिफारिस गरेको अध्यादेशमाथि राष्ट्रपति पौडेलले अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ