Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १६, २०८३
|
|
१५६ पटक हेरिएको
Shares
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

सारांश

  • याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (बैशाख १६ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
  • कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
  • कम्पनीले २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा अब १७ लाख ४३ हजार कित्ता सर्वसाधारणका लागि खुला गरेको छ ।

 

१६ वैशाख, काठमाडौं ।

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (बैशाख १६ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीले २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा अब १७ लाख ४३ हजार कित्ता सर्वसाधारणका लागि खुला गरेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आईपीओमा आवेदन दिने अवधि बैशाख २२ गतेसम्म (छिटो) र बैशाख ३० गतेसम्म (ढिलो) रहनेछ । केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ रेटिङ दिएको छ, जसले मध्यम जोखिम जनाउँछ । ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजनाको कुल लागत करिब १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चले सोध्यो : ललिता निवासमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई किन मुद्दा चलाइएन ?
सर्वोच्चले सोध्यो : ललिता निवासमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई किन मुद्दा चलाइएन ?
भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता
भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने
अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने
अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने
ललितपुर र काठमाडौंमा तीन जनाको शव फेला
ललितपुर र काठमाडौंमा तीन जनाको शव फेला
काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
शिक्षकहरुले बुधबारदेखि अनिश्चितकालिन सडक आन्दोलन सुरु गर्ने
शिक्षकहरुले बुधबारदेखि अनिश्चितकालिन सडक आन्दोलन सुरु गर्ने
पुराना कार र भ्यानलाई विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिने तयारी हुँदै छ: शिक्षामन्त्री पुन
पुराना कार र भ्यानलाई विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिने तयारी हुँदै छ: शिक्षामन्त्री पुन
ट्रमा सेन्टरमा ५ जना प्रदर्शनकारीको मृ*त्यु, मृ*तकको संख्या ८ पुग्यो
ट्रमा सेन्टरमा ५ जना प्रदर्शनकारीको मृ*त्यु, मृ*तकको संख्या ८ पुग्यो
सिराहा र धनुषा जोड्ने कमला पुलको बाँकी काम हुँदै, चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य
सिराहा र धनुषा जोड्ने कमला पुलको बाँकी काम हुँदै, चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य