Press 4K
बिहिबार, २५ भाद्र २०८३

रसायनिक मल बढी खपत भएपनि अपेक्षित उपलब्धि नदेखिएकोप्रति चिन्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ११, २०८३
|
|
१७७ पटक हेरिएको
Shares
रसायनिक मल बढी खपत भएपनि अपेक्षित उपलब्धि नदेखिएकोप्रति चिन्ता

सारांश

  • वन तथा वातावरण तथा कृषि पशुपन्छी विकासमन्त्री गिता चौधरीले जनचेतनाको कमी भएका कारण रसायनिक मल बढी खपत भइरहेको बताएकी छिन् ।
  • शुक्रबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भएको कृषि उत्पादनका साधन मल, बिउबिजनको आपूर्ति अवस्था एवं किसान प्रोत्साहन कार्यक्रमको लागि सरकारको तयारीबारे भएको छलफलमा उनले यस्तो बताएकी हुन् ।
  • मन्त्री चौधरीले कृषि मन्त्रालयको करिब ६० प्रतिशत बजेट मलमा खर्च भइरहे पनि अपेक्षित उपलब्धि नदेखिएको बताइन् ।

११ वैशाख,काठमाडौं ।

वन तथा वातावरण तथा कृषि पशुपन्छी विकासमन्त्री गिता चौधरीले जनचेतनाको कमी भएका कारण रसायनिक मल बढी खपत भइरहेको बताएकी छिन् । शुक्रबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भएको कृषि उत्पादनका साधन मल, बिउबिजनको आपूर्ति अवस्था एवं किसान प्रोत्साहन कार्यक्रमको लागि सरकारको तयारीबारे भएको छलफलमा उनले यस्तो बताएकी हुन् । मन्त्री चौधरीले कृषि मन्त्रालयको करिब ६० प्रतिशत बजेट मलमा खर्च भइरहे पनि अपेक्षित उपलब्धि नदेखिएको बताइन् । सरकारले मल उपलब्ध गराएपनि किसानसम्म समयमै नपुग्ने समस्या रहेको उल्लेख गर्दै उनले यसको समाधानका लागि सरकारले सूक्ष्म अध्ययन गरिरहेको जानकारी दिइन् ।

उनले भनिन्,‘यति धेरै रसायनिक मल प्रयोग गरिसकेका छौं कि माटोको उर्वराशक्ति (फर्टिलिटी रेसियो) नै कम भइसकेको छ । एक महिनामा मंैले अनुभव जनचेतना, टेक्निकल समस्याहरु हामीमाझ छ । जनचेतना नभएको कारणले रसायनिक मल अलि बढि खपत भइरहेको छ कि जस्तो लाग्छ । कृषि मन्त्रालयको ६० प्रतिशत बजेट मलमा परिचानल हुँदा उपलब्धी के त ? सरकारले दिएको छ तर जनताले जहिल्यै पाएको छैन् भन्छन् । यसको उपाए निकाल्न सुक्ष्म अध्ययन गर्दैछौं ।’ उनले किसानले अनुदान र प्रोत्साहन सही रूपमा पाएका छन् कि छैनन् भन्ने विषयमा पनि अध्ययन भइरहेको बताइन्।‘किसानले प्रोत्साहन पाएको छ कि छैन् भन्ने कुरालाई डेटावेसमा कसरी ल्याउने भन्ने विषयमा डिजिटाइज गर्दैछौं । मूल्यहरु डिजिटाइज गर्दैछौं । सबै प्रविधिमा जोडिएको छौं,’उनले भनिन् ।’ अनुदानका लागि योग्य किसानहरुको अध्ययन गरिरहेको उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित
राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित
धनुषामा एक व्यक्ति मृत फेला
धनुषामा एक व्यक्ति मृत फेला
पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ
पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ
प्रतिनिधिसभा चुनावका लागि मोरङ-६ बाट शेखरको एकल नाम सिफारिस
प्रतिनिधिसभा चुनावका लागि मोरङ-६ बाट शेखरको एकल नाम सिफारिस
शहरी विकास मन्त्रालय मातहत ५० गाडी जले, भौतिक क्षति आकलन गरिँदै
शहरी विकास मन्त्रालय मातहत ५० गाडी जले, भौतिक क्षति आकलन गरिँदै
०८४ को चुनावमा रास्वपाले १९० सिट जित्छः शिशिर खनाल
०८४ को चुनावमा रास्वपाले १९० सिट जित्छः शिशिर खनाल
धनुषामा मस्जिद तोडफोडको विरोधमा वीरगञ्ज तनावग्रस्त, ५ राउण्ड अश्रुग्यास प्रहार
धनुषामा मस्जिद तोडफोडको विरोधमा वीरगञ्ज तनावग्रस्त, ५ राउण्ड अश्रुग्यास प्रहार
पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्कीबास सडक अनिश्चितकालका लागि बन्द
पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्कीबास सडक अनिश्चितकालका लागि बन्द
पानी संकटः अन्नको भण्डार मधेसमा असार सकिँदा ३६ प्रतिशत मात्रै धान रोपाईं
पानी संकटः अन्नको भण्डार मधेसमा असार सकिँदा ३६ प्रतिशत मात्रै धान रोपाईं
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...