Press 4K
आइतबार, २४ जेठ २०८३

चलचित्र ‘चिरञ्जीवी भवः’ मा आशीर्वाद क्षेत्री अनुबन्धित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १०, २०८३
|
|
११९ पटक हेरिएको
Shares
चलचित्र ‘चिरञ्जीवी भवः’ मा आशीर्वाद क्षेत्री अनुबन्धित

सारांश

  • हास्य विधामा स्थापित जोडी कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन् ।
  • निर्माण पक्षले बुधबार आशीर्वादलाई चलचित्रको मुख्य भूमिकाका लागि भित्र्याएको जानकारी दिएको छ ।
  • यसअघि नै मोडल तथा चर्चित इन्फ्लुएन्सर प्रशंसा रायमाझी यसै चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्ने घोषणा भइसकेको छ ।

१० वैशाख,काठमाडौं ।

हास्य विधामा स्थापित जोडी कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन् । निर्माण पक्षले बुधबार आशीर्वादलाई चलचित्रको मुख्य भूमिकाका लागि भित्र्याएको जानकारी दिएको छ । यसअघि नै मोडल तथा चर्चित इन्फ्लुएन्सर प्रशंसा रायमाझी यसै चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्ने घोषणा भइसकेको छ ।

गत आइतबार निर्माण टिमले एक पोस्टरमार्फत प्रशंसालाई फिल्ममा स्वागत गरेको जानकारी दिएको थियो । आशीर्वाद यस चलचित्रमा प्रशंसाको जोडीका रुपमा देखिने हुन् या हैनन् टिमले कुनै जानकारी खुलाएको छैन । चलचित्रको औपचारिक घोषणा गत मंगलबार नयाँ वर्ष २०८३ को अवसर पारेर गरिएको थियो । दीपकप्रसाद आचार्यको निर्देशन रहने यस चलचित्रको कथा कुमार कट्टेलले तयार पारेका हुन् । चलचित्रको लेखनमा सविन अधिकारी र बसन्त न्यौपाने रहेका छन् ।

सामाजिक ड्रामा जनरामा निर्माण हुने ‘चिरञ्जीवी भवः’ ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ । लेखक कुमार कट्टेलका अनुसार फिल्मको कथा अहिलेकै समयको परिवेशमा आधारित छ । उमेश कुमार बराल निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माताका रूपमा कुमार कट्टेल र शैलेश खत्री छन् । ‘चिरञ्जीवी भवः’ दीपकप्रसाद आचार्यको दोस्रो निर्देशकीय सिनेमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक दुर्घटनामा एक सैनिक जवानको मृत्यु
सडक दुर्घटनामा एक सैनिक जवानको मृत्यु
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
भोजपुरमा ट्र्याक्टर दुर्घटना, वडा सदस्यसहित दुईको मृ*त्यु
भोजपुरमा ट्र्याक्टर दुर्घटना, वडा सदस्यसहित दुईको मृ*त्यु
बेलायतमा नेपाली भजन महोत्सव
बेलायतमा नेपाली भजन महोत्सव
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
के ड्राई फ्रुट खाँदा शरीरमा सुगरको मात्रा बढ्न सक्छ ?
के ड्राई फ्रुट खाँदा शरीरमा सुगरको मात्रा बढ्न सक्छ ?
गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरीले गेटमै रोकिदिए
गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरीले गेटमै रोकिदिए
सप्तरीमा डाँका समूहद्वारा एक जनाको ह*त्या, नगद र गहना लुटपाट
सप्तरीमा डाँका समूहद्वारा एक जनाको ह*त्या, नगद र गहना लुटपाट
सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, दुईजना घाइते
सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, दुईजना घाइते
गहना विवाद साम्प्रदायिक रूप लिँदा ६ जना पक्राउ, संयुक्त रूपमा ज्ञापनपत्र
गहना विवाद साम्प्रदायिक रूप लिँदा ६ जना पक्राउ, संयुक्त रूपमा ज्ञापनपत्र

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...