भारतीय तीर्थयात्री सवार जीप प्युठानमा दु*र्घटना : एकको मृ*त्यु, २० जना घा*इते
सारांश
- प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री सवार एउटा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
- २० जना घाइते छन् ।
- बिहीबार (वैशाख १०) दिउँसो प्युठान नगरपालिका–४, टाकुरा सडकखण्डमा लु१ज ३१७५ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।
१० वैशाख,काठमाडौं ।
प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री सवार एउटा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २० जना घाइते छन् । बिहीबार (वैशाख १०) दिउँसो प्युठान नगरपालिका–४, टाकुरा सडकखण्डमा लु१ज ३१७५ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

उक्त जीप प्युठानको भिंग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै थियो । दुर्घटनामा परेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घाइते अधिकांशको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका निम्ति बुटवल पठाइएको छ । जीपमा पाँच बालबालिकासहित सबै भारतीय तीर्थयात्री सवार थिए । जीपका चालक भने नेपाली नागरिक हुन् । उनी पनि घाइते छन् ।


प्रतिक्रिया