Press 4K
बिहिबार, १४ श्रावण २०८३

इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
१२९ पटक हेरिएको
Shares
इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्वमा संयुक्त राज्य अमेरिका अत्यन्तै बलियो स्थितिमा रहेको दाबी गरेका छन् ।
  • ट्रम्पले अमेरिकी सैन्य कारबाहीका कारण इरानको सैन्य शक्ति र कूटनीतिक क्षमता निकै कमजोर भइसकेको बताएका छन् ।
  • सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भनेका छन,‘हामीले इरानसँगको युद्ध ठूलो अन्तरले जितिरहेका छौं ।

८ वैशाख,काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्वमा संयुक्त राज्य अमेरिका अत्यन्तै बलियो स्थितिमा रहेको दाबी गरेका छन् । ट्रम्पले अमेरिकी सैन्य कारबाहीका कारण इरानको सैन्य शक्ति र कूटनीतिक क्षमता निकै कमजोर भइसकेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भनेका छन,‘हामीले इरानसँगको युद्ध ठूलो अन्तरले जितिरहेका छौं । हाम्रो सेनाले अद्भुत काम गरेको छ । ‘उनले अमेरिकी सञ्चारमाध्यमहरूले भने गलत प्रचार गरिरहेको आरोप लगाए । ट्रम्पका अनुसार इरानको जलसेना पूर्ण रूपमा ध्वस्त भएको छ, वायुसेना कमजोर भएको छ र उनीहरूका एन्टी–मिसाइल उपकरणहरू बाँकी छैनन् । ट्रम्पले अमेरिकाले लगाएको नाकाबन्दीका कारण इरानले दैनिक ५० करोड डलर नोक्सानी बेहोरिरहेको उल्लेख गर्दै जबसम्म सम्झौता हुँदैन, तबसम्म नाकाबन्दी नहटाउने स्पष्ट पारेका छन् ।

यसैबीच, तनाब कम गर्ने अन्तिम कूटनीतिक प्रयास स्वरूप अमेरिकी उच्च स्तरीय टोली पाकिस्तानको    इस्लामावादतर्फ प्रस्थान गरेको छ । टोलीमा उपराष्ट्रपति जेडी भान्स, जारेड कुश्नर र विशेष दूत स्टिभ विटकफ रहेका छन् । आगामी बुधबार युद्धविरामको समय सकिन लागेकाले इस्लामावादमा हुने यो वार्तालाई निकै महत्त्वका साथ हेरिएको छ । यद्यपि, इरानले ‘नाकाबन्दीको छायाँ’मा बसेर वार्ता नगर्ने अडान राखेकाले परिस्थिति थप जटिल बन्न सक्ने अनुमान गरिएको छ । यदि यो वार्ता सफल नभएमा दुई देशबीच पूर्ण–स्तरको युद्धसुरु हुन सक्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो: सञ्चारमन्त्री खरेल
सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो: सञ्चारमन्त्री खरेल
वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात
वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात
वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ
वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ
जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु
जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि
गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि
नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना घर फर्किए
नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना घर फर्किए
रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु
रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु
गाडी बुझाएको हो, राजीनामा दिएको होइन: उपसभामुख राना
गाडी बुझाएको हो, राजीनामा दिएको होइन: उपसभामुख राना
इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एक जना पक्राउ
इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एक जना पक्राउ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...