१२ श्रावण २०८२, आईतवार

तस्करले फाइदा लिने र जनताले दुःख पाउने अवस्थाको अन्त्य हुन्छ : उपप्रधानमन्त्री लामिछाने

१७ चैत, काठमाण्डौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करले फाइदा लिने र जनताले दुःख पाउने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।

इलाम बजार​मा शनिवार बिहान स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवासँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । ‘नागरिकले दुःख पाउने, तस्करले फाइदा लिने विगतको अभ्यास अब सहन सकिँदैन’, उनले भने ‘नागरिकको सुरक्षा र तस्करी नियन्त्रणमा गम्भीर छाैं । आत्महत्या यहाँको ठूलो समस्या हो, विस्तृत अध्ययन गरेर काम गर्छौं ।’ चुनाव र भोट बैंकको हिसाब गरेर बस्दा केही काम हुन नसकेको उनको भनाइ छ ।

‘चुनाव र भोट बैंकको हिसाब गर्ने हो भने त कही काम हुँदैन। वडाध्यक्ष र प्रधानमन्त्रीलाई गर्ने माग र प्रश्न एउटै हुन्छ। किनकि, तत् तत् निकायले नागरिकका समस्या/गुनासाे सुनेनन्। यसमा सुधार गर्नुपर्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?