प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ७, २०८३
|
|
२८९ पटक हेरिएको
Shares
प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै

सारांश

  • प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै छन् ।
  • यो छलफल दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ ।
  • प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

७ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै छन् । यो छलफल दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श हुने बताइएको छ ।

साथै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल हुनेछ । बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरु पनि उपस्थित हुनेछन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले संवाद गर्ने उनको सचिवालयले जनाएको छ ।

यसैगरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग पनि छलफलको कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बीमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने
स्वास्थ्य बीमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने
भारतको राजस्थानमा बस र अटो ठोक्किँदा १२ जनाको मृत्यु
भारतको राजस्थानमा बस र अटो ठोक्किँदा १२ जनाको मृत्यु
रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग प्रचण्डको आग्रह
रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग प्रचण्डको आग्रह
६४ सय रूपैयाँले बढ्यो सुनको मूल्य
६४ सय रूपैयाँले बढ्यो सुनको मूल्य
वर्तमान सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री कार्की
वर्तमान सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री कार्की
नेविसंघद्वारा जाजरकोटमा ६ कोठे अस्थायी विद्यालय भवन हस्तान्तरण
नेविसंघद्वारा जाजरकोटमा ६ कोठे अस्थायी विद्यालय भवन हस्तान्तरण
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
अदालतमा रवीन्द्रले स्वीकारे- आँखै अघि अश्रुग्यास खसेपछि आवेगमा आएँ
अदालतमा रवीन्द्रले स्वीकारे- आँखै अघि अश्रुग्यास खसेपछि आवेगमा आएँ
चिनियाँ सुरुङ उद्धार विशेषज्ञ टोली पनि नेपालमा
चिनियाँ सुरुङ उद्धार विशेषज्ञ टोली पनि नेपालमा
निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह
निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह