Press 4K
शुक्रबार, १६ आश्विन २०८३

विपद् व्यवस्थापनमा सबै तह र क्षेत्रको सहभागिता आवश्यक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ६, २०८३
|
|
३२७ पटक हेरिएको
Shares
विपद् व्यवस्थापनमा सबै तह र क्षेत्रको सहभागिता आवश्यक

सारांश

  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई.
  • दिनेश प्रसाद भट्टले विपद् व्यवस्थापनमा सबै तह र क्षेत्रको सहभागिता आवश्यक रहेको बताएका छन्।
  • आइतबार आयोजित राष्ट्रिय सिमेक्स ‘अन्त्यदेखि–अन्त प्रारम्भिक चेतावनी प्रणाली’ कार्यक्रममा बोल्दै उनले नेपाल सरकार, विभिन्न मन्त्रालय, प्रदेश तथा स्थानीय सरकारसँगै निजी क्षेत्र, सामुदायिक संस्था र संघसंस्थालाई समेटेर काम भइरहेको बताए।

 

६ वैशाख,काठमाडौं ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले विपद् व्यवस्थापनमा सबै तह र क्षेत्रको सहभागिता आवश्यक रहेको बताएका छन्। आइतबार आयोजित राष्ट्रिय सिमेक्स ‘अन्त्यदेखि–अन्त प्रारम्भिक चेतावनी प्रणाली’ कार्यक्रममा बोल्दै उनले नेपाल सरकार, विभिन्न मन्त्रालय, प्रदेश तथा स्थानीय सरकारसँगै निजी क्षेत्र, सामुदायिक संस्था र संघसंस्थालाई समेटेर काम भइरहेको बताए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैलाई समेटेर काम गर्ने भनेको छ । नेपाल सरकार, सरकारका अरु विभागहरु, मन्त्रालयहरुमात्र हैन प्रदेश सरकार, स्थानीय सरकार र सँगसँगै निजी क्षेत्र, सामूदायिक क्षेत्र, संघसंस्थाहरु सबैलाई समेटेर काम गरिरहेका छौं। अर्ली वार्डिङ फर अलको मार्गचित्र हामीले तयार गरेका छौं,’ उनले भने । उनले ‘अर्ली वार्निङ फर अल’को मार्गचित्र तयार भइसकेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघका महासचिवले नेपाललाई यस अभियानका लागि छनोट गरेकोमा आभार व्यक्त गरे।

साथै, २०२७ सम्म पूरा गर्ने लक्ष्य रहेको कार्ययोजना केही ढिलाइका कारण अब २०३० सम्म पु¥याउने गरी अन्तिम चरणमा रहेको जानकारी दिए। भट्टले नेपालमा ८० प्रतिशत विपद् जोखिम मनसुनका बेला हुने भएकाले हरेक वर्ष मनसुन पूर्वतयारीलाई प्राथमिकता दिइँदै आएको बताए। गत वर्षभन्दा यस वर्ष अझ प्रभावकारी प्रतिकार्य र पूर्वतयारी गर्न सकिने विश्वास उनले व्यक्त गरे। उनले भने, ‘२०२७ सम्म पुर्याउने भनिएकोमा हामी केही ढिलो हुन गएको कारणले कार्ययोजना २०३० सम्मको लगभग अन्तिम चरणमा रहेको छ । त्यसलाई पनि यो कार्यक्रमले इनपुट दिनेछ,’ उनले थप भने, ‘जहिलेपनि हामीलाई मनसुनले बढी प्रभाव पार्छ । ८० प्रतिशतको जोखिम मनसुनको बेला हुने भएकाले नेपालले विगत लामो समयदेखि मनसुनको लागि पूर्वतयारी पूर्वकालिन काम तयार गर्ने गरेको छ । अहिले पनि हामी त्यो कार्ययोजना बनाउने चरणमा छौं। गत वर्षभन्दा यो बर्ष अझ राम्रो प्रतिकार्य र पूर्व तयारी गर्नका लागि मद्दत मिल्ने छ ।


कार्यक्रममा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव सुरेश पन्थीले विपद् पूर्व सूचना तथा सन्देश स्थानीय तहसम्म सर्वसाधारणले बुझ्ने भाषामा पुर्याउनुपर्नेमा जोड दिए। उनले राष्ट्रिय स्तरमा नेपाली भाषा प्रयोग भए पनि स्थानीय स्तरमा स्थानीय भाषाको प्रयोगलाई व्यवहारिक रूपमा अघि बढाइने बताए। विपद्को समयमा अथवा विपद भन्दा अगाडि सर्वसाधरणलाई जाने म्यासेज डिसिमिनेट गर्ने गर्छौ म्यासेज डिसिमिनेट गर्दा लोकल स्तरमा सर्वसाधरणले बुझ्ने गरि गर्छौ गर्दैनौ । राष्ट्रिय स्तरमा नेपाली भाषा प्रयोग गर्छौ होला तर स्थानीय स्तरमा राष्ट्रिय भाषाले काम नगर्न सक्छ । लोकल भाषा प्रयोग गर्ने सन्दर्भमा व्यवहारिक अभ्यास गर्ने प्रयास हुनेछ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईं बने राजावादी आन्दोलनको कमाण्डर
दुर्गा प्रसाईं बने राजावादी आन्दोलनको कमाण्डर
सेयर बजारमा दोहोरो अंकको गिरावट,९ अर्बको कारोबार
सेयर बजारमा दोहोरो अंकको गिरावट,९ अर्बको कारोबार
चार्जिङ सेन्टरमा राखेको माइक्रोबस बनस्थलीबाट चोरी, एक पक्राउ
चार्जिङ सेन्टरमा राखेको माइक्रोबस बनस्थलीबाट चोरी, एक पक्राउ
वीरगञ्जबाट भन्सार छलेर भित्र्याइएका १३ लाखको सामान बरामद
वीरगञ्जबाट भन्सार छलेर भित्र्याइएका १३ लाखको सामान बरामद
झ्याप्ले खोलाको पहिरोमा थप सवारीसाधन पुरिएको आशङ्कामा पुनः खोजी गरिँदै
झ्याप्ले खोलाको पहिरोमा थप सवारीसाधन पुरिएको आशङ्कामा पुनः खोजी गरिँदै
मिथिलाञ्चलमा आज वट सावित्री पर्व मनाइँदै
मिथिलाञ्चलमा आज वट सावित्री पर्व मनाइँदै
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
मधेशका ८ जिल्लाबाट ३१ घुमुवा हटाइयो
मधेशका ८ जिल्लाबाट ३१ घुमुवा हटाइयो
१ लाख १० हजारका कारण सर्लाहीका  एक युवकको हत्या , शव वर्कसपमै खाल्डो खनेर गाडियो , यी हुन पक्राउ परेका अभियुक्तहरु
१ लाख १० हजारका कारण सर्लाहीका एक युवकको हत्या , शव वर्कसपमै खाल्डो खनेर गाडियो , यी हुन पक्राउ परेका अभियुक्तहरु
दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर
दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...