सभामुखलाई एमाले महासचिवको प्रश्न- विदेशमा कमाएको सम्पत्ति कुन च्यानलबाट आयो ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २८, २०८२
|
|
२१८ पटक हेरिएको
Shares
सभामुखलाई एमाले महासचिवको प्रश्न- विदेशमा कमाएको सम्पत्ति कुन च्यानलबाट आयो ?

सारांश

  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार र नयाँ भनिएका शक्तिहरूको ‘सुशासन’ को मुकुण्डो उत्रिएको टिप्पणी गरेका छन् ।
  • सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको उनको आरोप थियो ।
  • साथै, उनले सभामुख डोल प्रसाद अर्यालको सम्पत्ति विवरणमाथि समेत प्रश्न उठाए ।

२८ चैत, काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार र नयाँ भनिएका शक्तिहरूको ‘सुशासन’ को मुकुण्डो उत्रिएको टिप्पणी गरेका छन् । सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको उनको आरोप थियो । साथै, उनले सभामुख डोल प्रसाद अर्यालको सम्पत्ति विवरणमाथि समेत प्रश्न उठाए ।

श्रमिकबाट मालिक बन्नु अपराध नभएको भन्दै विदेशमा कमाएको भनिएको सम्पत्ति कुन च्यानलबाट आएको र राज्यलाई कर तिरिएको छ वा छैन ? भन्नेबारे जवाफ दिनुपर्ने महासचिव पोखरेलको भनाइ थियो । श्रमिकबाट मालिक बन्नु अपराध होइन, तर विदेशमा कमाएको भनिएको त्यो सम्पत्ति कुन च्यानलबाट आयो ? राज्यलाई कर तिरिएको छ कि छैन ? सभामुखजीले यसको जवाफ दिनुपर्छ,’ महासचिव पोखरेलले भने । मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउन आलटाल गरेकोप्रति आपत्ति जनाउँदै उनले आफ्नो पार्टीका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन पनि तयार रहेको जिकिर गरे ।

‘सुशासन अरूलाई तर्साउन होइन, आफैँले पालना गर्नका लागि हो । एमालेका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन तयार छन्, के नयाँ भनिनेहरू तयार छन्,’ उनले भने । जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई ‘प्रतिशोधको हतियार’ बनाएर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दु:ख दिने काम भएको उनले सम्बोधनको क्रममा बताए । साथै, उक्त कदमको पार्टीले कडा प्रतिवाद गर्ने चेतावनी समेत महासचिव पोखरेलको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागू औषध ब्राउन सुगरसहित ३ जना पक्राउ
लागू औषध ब्राउन सुगरसहित ३ जना पक्राउ
वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन
वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
वेस्टर्न मोटर्सले आफ्ना ग्राहकलाई दियो आईफोन १६ उपहार
वेस्टर्न मोटर्सले आफ्ना ग्राहकलाई दियो आईफोन १६ उपहार
खानेपानीमन्त्री यादवको राजीनामा दिने घोषणा
खानेपानीमन्त्री यादवको राजीनामा दिने घोषणा
सशस्त्र प्रहरी बलले देशव्यापी विपद् सूचक  ‘सञ्जाल’ तयार पार्दै
सशस्त्र प्रहरी बलले देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै
रोल्पा पहिरो : मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच अझै बेपत्ता
रोल्पा पहिरो : मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच अझै बेपत्ता
स्वास्थ्य मन्त्रालय सिंहदरबार भित्र सर्यो
स्वास्थ्य मन्त्रालय सिंहदरबार भित्र सर्यो
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
बारामा १२ वर्षीया बालिकाको बलात्कार
बारामा १२ वर्षीया बालिकाको बलात्कार