वार्ताअघि इरानी संसद्का अध्यक्ष गालिबाफले भने- अमेरिकामाथि भरोसा छैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २८, २०८२
|
|
२४५ पटक हेरिएको
Shares
वार्ताअघि इरानी संसद्का अध्यक्ष गालिबाफले भने- अमेरिकामाथि भरोसा छैन

सारांश

  • इरानी संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफले अमेरिकामाथि भरोसा नभएको बताएका छन् ।
  • उच्चस्तरीय वार्ताका लागि पाकिस्तानपुगेका गालिबाफले वार्ता सुरू हुनु अघि इस्लामावादबाट यस्तो प्रतिक्रिया दिएका हुन् ।
  • बीबीसीका अनुसार इस्लामाबाद पुगेपछि प्रतिनिधिमण्डलका साथ आएका इरानी पत्रकारहरूसँग कुरा गर्दै गालिबाफले एक वर्षभन्दा कम समयमा दुईपटक असल मनसायका साथ वार्ता गरे पनि इरानमाथि माथि आक्रमण भएको र कयौं युद्ध अपराध गरिएको बताएका छन् ।

२८ चैत, काठमाडौं ।

इरानी संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफले अमेरिकामाथि भरोसा नभएको बताएका छन् । उच्चस्तरीय वार्ताका लागि पाकिस्तानपुगेका गालिबाफले वार्ता सुरू हुनु अघि इस्लामावादबाट यस्तो प्रतिक्रिया दिएका हुन् । बीबीसीका अनुसार इस्लामाबाद पुगेपछि प्रतिनिधिमण्डलका साथ आएका इरानी पत्रकारहरूसँग कुरा गर्दै गालिबाफले एक वर्षभन्दा कम समयमा दुईपटक असल मनसायका साथ वार्ता गरे पनि इरानमाथि माथि आक्रमण भएको र कयौं युद्ध अपराध गरिएको बताएका छन् ।

‘हाम्रो उद्देश्य सही छ, तर हामीलाई अमेरिकाप्रति भरोसा छन,’ इरानी संसद्का अध्यक्ष गालिबाफले भनेका छन् । इरानी रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) सँग सम्बन्धित इरानको सरकारी न्युज एजेन्सी ‘तसनिम’ का अनुसार गालिबाफले अमेरिकाले साच्चै सम्झौताका लागि तयार भएर इरानी नागरिकलाई वैध अधिकारका लागि मान्यता दिए इरानले सम्झौताका लागि पूर्णतया तत्परता देखाउने पनि बताएका छन् ।

‘यदि, अमेरिकाले वार्तालाई शक्ति प्रदर्शन अथवा धोका दिने रणनीतिका रूपमा उपयोग गर्न चाहे इरान आफ्ना नागरिकको अधिकारको रक्षाका लागि आफ्नो क्षमतामा भरोसा गर्नका लागि तयार छ,’ उनले भनेका छन् । वार्ताका लागि अमेरिका र इरानको उच्चस्तरीय टोली आज पाकिस्तानको इस्लामाबाद पुगेका छन् । त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भौतिकमन्त्री लम्सालको धम्कीपूर्ण चेतावनीः काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिन्छु
भौतिकमन्त्री लम्सालको धम्कीपूर्ण चेतावनीः काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिन्छु
तातोपानी नाकाबाट भित्रिए सात अर्बका विद्युतीय गाडी
तातोपानी नाकाबाट भित्रिए सात अर्बका विद्युतीय गाडी
काठमाडौँ महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात
काठमाडौँ महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात
फिफा विश्वकप : क्यानडाको ऐतिहासिक पुनरागमन, बोस्नियासँग १–१ को बराबरी 
फिफा विश्वकप : क्यानडाको ऐतिहासिक पुनरागमन, बोस्नियासँग १–१ को बराबरी 
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु
अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु
खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री
खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री
शेरबहादुर देउवाको धनगढी निवास अगाडि बम राखेको आरोपमा युवक पक्राउ
शेरबहादुर देउवाको धनगढी निवास अगाडि बम राखेको आरोपमा युवक पक्राउ
पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी
पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी
आज विश्व रेडियो दिवस मनाइँदै
आज विश्व रेडियो दिवस मनाइँदै