Press 4K
बुधबार, २१ आश्विन २०८३

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २०, २०८२
|
|
२३४ पटक हेरिएको
Shares
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड

सारांश

  • बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गत गठन भएको प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौंडामा सम्पन्न भएको छ ।
  • श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा भएको बैठकमा विभिन्न मन्त्रालयका प्रदेश सचिव, सम्बन्धित निकायका प्रतिनिधि, रोजगारदाता तथा ट्रेड युनियनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
  • बैठकमा प्रदेशभित्र रोजगारी सिर्जना, श्रमिकहरूको सीप विकास, वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उपाय, श्रमिक अधिकार संरक्षण तथा श्रम कानुनको प्रभावकारी कार्यान्वयनबारे विस्तृत छलफल भएको छ ।

२० चैत,हेटौंडा ।

बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गत गठन भएको प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौंडामा सम्पन्न भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा भएको बैठकमा विभिन्न मन्त्रालयका प्रदेश सचिव, सम्बन्धित निकायका प्रतिनिधि, रोजगारदाता तथा ट्रेड युनियनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

बैठकमा प्रदेशभित्र रोजगारी सिर्जना, श्रमिकहरूको सीप विकास, वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उपाय, श्रमिक अधिकार संरक्षण तथा श्रम कानुनको प्रभावकारी कार्यान्वयनबारे विस्तृत छलफल भएको छ । साथै निजी क्षेत्रसँग सहकार्य बढाएर उत्पादनशील क्षेत्रमा लगानी वृद्धि, उद्यमशीलता विकास र श्रम बजारको व्यवस्थापनमा केन्द्रित निर्णयहरू गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री थापाले बैठकमा प्रदेशमा बढ्दो बेरोजगारी चुनौतीलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको बताएका छन्। उनले भने, ‘रोजगारी सिर्जना, सीप विकास र श्रमिक अधिकार संरक्षण सँगसँगै अघि बढाउन मन्त्रालयले आवश्यक कदम चाँडै चाल्नेछ।

बैठकले श्रमिकमैत्री वातावरण निर्माण, सीपमूलक तालिमलाई बजारसँग जोड्ने, तालिमपछि रोजगारी सुनिश्चित गर्ने, अनुगमन प्रणाली मजबुत गर्ने र वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने निर्णय गरेको छ । साथै सरोकारवाला निकायबीच सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनेमा जोड दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशमा छठमा थप एक दिन सार्वजनिक बिदा
मधेस प्रदेशमा छठमा थप एक दिन सार्वजनिक बिदा
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
कुवेतविरुद्ध आसिफ शेखको पनि अर्धशतक पूरा
कुवेतविरुद्ध आसिफ शेखको पनि अर्धशतक पूरा
सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ : सञ्चारमन्त्री तिमिल्सिना
सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ : सञ्चारमन्त्री तिमिल्सिना
हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा
हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
थाइल्याण्डको लगातार तेस्रो जित, नेदरल्याण्ड्सलाई १७ रनले हरायो
थाइल्याण्डको लगातार तेस्रो जित, नेदरल्याण्ड्सलाई १७ रनले हरायो
हनुमानढोका दरबार सङ्ग्रहालय पुनर्संरचना गर्दै सञ्चालनमा ल्याउने तयारी
हनुमानढोका दरबार सङ्ग्रहालय पुनर्संरचना गर्दै सञ्चालनमा ल्याउने तयारी
मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक
मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...