Press 4K
बिहिबार, १३ कार्तिक २०८३
Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

ओली र लेखकको पक्राउमा कानुनी प्रक्रिया मिचिएको पूर्व डिआईजी गुरुङको आरोप

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १६, २०८२
|
|
५० पटक हेरिएको
Shares
ओली र लेखकको पक्राउमा कानुनी प्रक्रिया मिचिएको पूर्व डिआईजी गुरुङको आरोप

सारांश

  • नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआईजीपी) बुद्धिराज गुरुङ ले केपी शर्मा ओली र रमेश लेखक लाई पक्राउ गर्ने क्रममा कानुनी प्रक्रिया मिचिएको बताएका छन् ।
  • सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले प्रशासनिक दृष्टिकोणबाट हेर्दा पक्राउ ठीकजस्तो देखिए पनि कानुनी प्रक्रिया नअपनाई स्वेच्छाचारी ढंगले गरिएको भन्दै प्रश्न उठाएका हुन् ।
  • उनका अनुसार कानुनले तोकेको प्रक्रिया बेवास्ता गर्दै गरिएको पक्राउले न्याय प्रणालीप्रति शंका उत्पन्न गरेको छ ।

१६ चैत, काठमाडौं ।

नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआईजीपी) बुद्धिराज गुरुङ ले केपी शर्मा ओली र रमेश लेखक लाई पक्राउ गर्ने क्रममा कानुनी प्रक्रिया मिचिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले प्रशासनिक दृष्टिकोणबाट हेर्दा पक्राउ ठीकजस्तो देखिए पनि कानुनी प्रक्रिया नअपनाई स्वेच्छाचारी ढंगले गरिएको भन्दै प्रश्न उठाएका हुन् ।

उनका अनुसार कानुनले तोकेको प्रक्रिया बेवास्ता गर्दै गरिएको पक्राउले न्याय प्रणालीप्रति शंका उत्पन्न गरेको छ ।गुरुङले आन्दोलनका क्रममा सिर्जित तनावपूर्ण अवस्थालाई नियन्त्रण गर्न बल प्रयोग भएको घटनामा विस्तृत छानबिन आवश्यक रहेको बताए । ‘हिंसा भएको घटनाको छानबिन हुनुपर्छ, तर छानबिन छनोटको आधारमा भएको जस्तो देखिन्छ,’ उनले भने । छानबिन समितिको प्रतिवेदनले नै केही प्रश्नहरू अनुत्तरित छोडेको उनको आरोप छ । उनले कुनै पनि फौजदारी मुद्दाको अनुसन्धान घटनास्थलबाट सुरु हुनुपर्ने भए पनि सो प्रक्रिया पालना नगरी उच्च तहका व्यक्तिलाई हतारमा पक्राउ गरिएको धारणा राखे । ‘घटनास्थलबाट प्रमाण संकलन गर्ने, कसले गोली चलायो, कस्तो परिस्थितिमा चल्यो भन्ने तथ्य पत्ता लगाउने काम प्राथमिक हुनुपथ्र्यो,’उनले भने ।

गुरुङका अनुसार आन्दोलनका क्रममा गोली कहिले, कसबाट र किन चल्यो भन्ने विस्तृत छानबिन नगरी आदेश दिने व्यक्तिलाई मात्र कानुनी दायरामा ल्याउनु न्यायोचित नहुने बताए । ‘कार्की आयोगको प्रतिवेदनले घटनाको जरोसम्म पुग्नेभन्दा पनि अन्यत्र मोड्न खोजेको जस्तो देखिन्छ,’उनले टिप्पणी गरे । त्यस्तै, उनले नेपालको मुलुकी फौजदारी अपराध संहिता अनुसार कसैलाई पक्राउ गर्न स्पष्ट आधार आवश्यक हुने बताए । उनका अनुसार अपराध गर्न लागेको, प्रमाण नष्ट गर्न सक्ने वा फरार हुन सक्ने अवस्था भएमा मात्रै पक्राउ गर्न मिल्ने कानुनी व्यवस्था छ । ‘अहिले अनुसन्धानका लागि ल्याइएको भनिए पनि पक्राउ गर्न हतार गरिएको भन्ने तर्क उठेको छ,’उनले भने,‘कानुनी दृष्टिले हेर्दा यस्ता आधारहरू स्पष्ट हुनुपर्छ, अन्यथा पक्राउ प्रक्रियामै प्रश्न उठ्छ ।’ गुरुङले निष्पक्ष र पूर्ण छानबिनमार्फत मात्र घटनाको सत्य तथ्य बाहिर ल्याउन सकिने भन्दै छानबिन प्रक्रियालाई पारदर्शी र तथ्यमा आधारित बनाउन आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह
एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह
सुनको भाउमा लगातार बृद्धि, आज पनि बनायो नयाँ रेकर्ड
सुनको भाउमा लगातार बृद्धि, आज पनि बनायो नयाँ रेकर्ड
क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
आर्थिक मन्दी लगायत कारणले मकवानपुरमा ६०४ उद्योग बन्द, नयाँ व्यवसायी दर्ता पनि घट्यो
आर्थिक मन्दी लगायत कारणले मकवानपुरमा ६०४ उद्योग बन्द, नयाँ व्यवसायी दर्ता पनि घट्यो
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग
१६ महिनामा देशको प्रतिष्ठा बढाउने मानक कायम भएको छ : प्रधानमन्त्री
१६ महिनामा देशको प्रतिष्ठा बढाउने मानक कायम भएको छ : प्रधानमन्त्री
विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण
विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण
गृहमन्त्री सुदन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र
गृहमन्त्री सुदन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र
कुलमानको एक्सन: अनियमिततामा मुछिएका इटहरीका सवारी परीक्षण प्रमुख र लेखापाल मन्त्रालय तानिए
कुलमानको एक्सन: अनियमिततामा मुछिएका इटहरीका सवारी परीक्षण प्रमुख र लेखापाल मन्त्रालय तानिए
प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी
प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...