Press 4K
सोमबार, २९ भाद्र २०८३

गंगा सागर पोखरी नजिक अनाधिकृत टहरा र फुटपाथका पसलहरुमा चल्यो डोजर

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १५, २०८२
|
|
५९ पटक हेरिएको
Shares
गंगा सागर पोखरी नजिक अनाधिकृत टहरा र फुटपाथका पसलहरुमा चल्यो डोजर

सारांश

  • मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले ‘बुलडोजर मन्त्री’को नाम पाएका छन् ।
  • जनकपुरवासीले मन्त्री महतोलाई भारतको युपीका मुख्यमन्त्री योगी आदित्यनाथसंग तुलना गर्न थालेका छन् ।
  • विगत केही दिनदेखि आफैं जनकपुरधामको मुख्य सडक, चोक, मन्दिर वरिपरि रहेको फुटपाथहरु खाली गराउँदै हिँडेका गृहमन्त्री महतोले आज डोजर लगाएर अनाधिकृत टहरा र पसलहरु तोडेका छन् ।

१५ चैत,जनकपुर ।

मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले ‘बुलडोजर मन्त्री’को नाम पाएका छन् । जनकपुरवासीले मन्त्री महतोलाई भारतको युपीका मुख्यमन्त्री योगी आदित्यनाथसंग तुलना गर्न थालेका छन् । विगत केही दिनदेखि आफैं जनकपुरधामको मुख्य सडक, चोक, मन्दिर वरिपरि रहेको फुटपाथहरु खाली गराउँदै हिँडेका गृहमन्त्री महतोले आज डोजर लगाएर अनाधिकृत टहरा र पसलहरु तोडेका छन् ।

जनकपुरधामको ऐतिहासिक गंगा सागर पोखरी नजिक रहेको हेरिटेज वाक साईट स्थलमा अनाधिकृत रुपमा निर्माण गरिएको टहरा एवम फुटपाथमा सञ्चालन गर्दै आएका पसलहरुमा गृहमन्त्री महतोको नेतृत्वमा पुगेको टोलीले डोजर चलाएर ती संरचनाहरु हटाएका छन् । १० दिन पहिला नै सो स्थानका व्यवसायीहरुलाई ठाउँ खाली गर्न आग्रह गरिएकोमा उनीहरुले अनाधिकृत पसलहरु नहटाएपछि बाध्य भएर डोजर चलाइएको गृह मन्त्री महतोले जानकारी दिए । उनले जनकपुरधामलाई स्वच्छ, सफा र पर्यटकीय नगरीको रुपमा विकास गर्ने लक्ष्यसहित प्रदेश सरकारले जनकपुरधाम उपमहानगरपालिका र उद्योग वाणिज्य संघ जनकपुरधामको समन्वयमा फुटपाथ खाली गराउन लागेको मन्त्री महतोले बताए ।

यता, फुटपाथमा व्यवसाय गर्दै आएकाहरुले अन्य स्थानमा जग्गा नदिई गरीब जनताको पसलमा डोजर चलाएर सरकारले मार्न खोजेको गुनासो गरेका छन् । उनीहरुले आफूहरुलाई अर्कै स्थानमा स्थापित गरिदिन आग्रह गरेका छन् । गृहमन्त्री महतोको फुटपाथ खाली गराउने अभियानलाई जनकपुरवासीले अत्यन्त सराहनीय कार्य रहेको भन्दै सामाजिक सञ्जालहरुमा प्रतिक्रिया दिँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ सञ्चारकर्मीको मृ*त्यु
इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ सञ्चारकर्मीको मृ*त्यु
प्रहरी विधेयक संसद्‌मा पेस गर्ने तयारीमा छौं : गृहमन्त्री लेखक
प्रहरी विधेयक संसद्‌मा पेस गर्ने तयारीमा छौं : गृहमन्त्री लेखक
ज्ञानेन्द्र शाहको गतिविधिप्रति सांसदहरूको आपत्ति
ज्ञानेन्द्र शाहको गतिविधिप्रति सांसदहरूको आपत्ति
बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?
बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?
जन अधिकार पार्टीको बारा अध्यक्षमा संजय सहनी चयन
जन अधिकार पार्टीको बारा अध्यक्षमा संजय सहनी चयन
प्रादेशिक अस्पताल मलंगवामा सार्वजनिक बिदाका दिन पनि नियमित सेवा सञ्चालन
प्रादेशिक अस्पताल मलंगवामा सार्वजनिक बिदाका दिन पनि नियमित सेवा सञ्चालन
वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल
वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
कुलमानले तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने
कुलमानले तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने
आज प्रतिनिधि सभामा भूमिबाहेकका ५ अध्यादेश निर्णयार्थ पेस हुँदै
आज प्रतिनिधि सभामा भूमिबाहेकका ५ अध्यादेश निर्णयार्थ पेस हुँदै

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...