बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १३, २०८२
|
|
३६ पटक हेरिएको
Shares
बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छु

सारांश

  • नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।
  • मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालेनलाई बधाई दिएका हुन् ।
  • उनले लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई ।

१३ चैत,काठमाडौं ।

नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालेनलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई ।

मोदीले बालेनको नियुक्तिले नेपाली जनता उनको नेतृत्वमाथि राखेको विश्वास प्रतिबिम्बित गरेको उल्लेख गरेका छन् ।
‘हाम्रा दुवै देशका जनताको पारस्परिक हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उच्च स्तरमा पुर्याउन तपाईंसँग नजिकबाट सहकार्य गर्न म उत्सुक छु’, मोदीले लेखेका छन् ।

साथै, दुई देशबीचको मैत्री सम्बन्ध र सहकार्यलाई अझ उचाइमा पुर्याउन मिलेर काम गर्ने अपेक्षा व्यक्त गरिएको छ ।
सन्देशमा नेपाल–भारत सम्बन्धलाई दुवै देशका जनताको पारस्परिक हितका लागि थप सुदृढ बनाउने प्रतिबद्धता समेत जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
जंगली जनावरको आक्रमणबाट महिलाको मृत्यु भएपछि वनमा क्यामेरा
जंगली जनावरको आक्रमणबाट महिलाको मृत्यु भएपछि वनमा क्यामेरा
भारतलाई विश्वकप जिताएसँगै कप्तान रोहित र विराटले लिए टी-२० अन्तर्राष्ट्रियबाट संन्यास
हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँट
हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँट
जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुग्याे
जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुग्याे
तोडफोड र आगजनीमा पार्टीका कार्यकर्ताको संलग्नता भेटिए कारबाही गछौँ :माओवादी
तोडफोड र आगजनीमा पार्टीका कार्यकर्ताको संलग्नता भेटिए कारबाही गछौँ :माओवादी
कृष्णमूर्तिको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
कृष्णमूर्तिको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
बारामा तनाव : प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक
बारामा तनाव : प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक
बेलायतको संसद्‌मा डा. शेखर कोइरालाले सम्बोधन गर्ने
बेलायतको संसद्‌मा डा. शेखर कोइरालाले सम्बोधन गर्ने