Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कार्की आयोगको प्रतिवेदन प्रथम दृष्टिमा नै अपूर्ण : कांग्रेस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १२, २०८२
|
|
४३ पटक हेरिएको
Shares
कार्की आयोगको प्रतिवेदन प्रथम दृष्टिमा नै अपूर्ण : कांग्रेस

सारांश

  • नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन प्रथम दृष्टिमा नै अपूर्ण र अधुरो भएको बताएका छन् ।
  • बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार स्म्मेलन गर्दै उनले प्रतिवेदनमा भदौै २३ को आन्दोलनबारे प्रकाश पार्न खोजिएको भएतापनि २४ गतेको घटनालाई अलपत्र छाडिएको बताए ।
  • उनले भने,‘अहिले जेनजी आन्दोलनको विषयमा प्रतिवेदन आएको छ ।

१२ चैत,काठमाडौं ।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन प्रथम दृष्टिमा नै अपूर्ण र अधुरो भएको बताएका छन् । बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार स्म्मेलन गर्दै उनले प्रतिवेदनमा भदौै २३ को आन्दोलनबारे प्रकाश पार्न खोजिएको भएतापनि २४ गतेको घटनालाई अलपत्र छाडिएको बताए ।

उनले भने,‘अहिले जेनजी आन्दोलनको विषयमा प्रतिवेदन आएको छ । यसलाई विशेषगरी के भन्छौ भने प्रथम दृष्टिमा अपूर्ण र अधुरो देखियो । पूर्णता पाएको जस्तो देखिएको छैन् । २३ को आन्दोलनबारे जति प्रकाश पार्न खोजिएको छ, २४ गतेको घटनालाई अलपत्र छाडिएका जस्तो देखियो । यद्यपी त्यो प्रतिवेदन थप गम्भीर अध्ययन गर्छौ । हामीले एउटा धारणा बनाउन कानुनविद ,प्रशासनमा अनुभव भएका, जेनजी आन्दोलनमा सहभागीहरुसँग छलफल गर्नेछौं ।’ त्यस्तै उनले जनादेशबाहेक शासनको स्रोत अरु केही नभएको बताए । पार्टीले हारेपनि प्रणालीले हार्न नहुने उनको भनाई छ ।

देशको राजनीतिक परिवर्तनमा विशिष्ट स्थिति देखा परेको छ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । जनादेश बाहेक शासनको स्रोत अरु केही भन्ने कुरा स्थापित भएको छ । पार्टी हार्ने जित्ने भइरहन्छ, तर प्रणाली हार्न हुँदैन्,’उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ