देवताल गाउँपालिकाको सार्वजनिक अनुरोध!
देवताल गाउँपालिकाको सार्वजनिक अनुरोध!

१४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १२, २०८२
|
|
२९८ पटक हेरिएको
Shares
१४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार

सारांश

  • साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.
  • २१ अंक बढेको छ ।
  • सो अंकको वृद्धिपछि बजार परिसूचक नेप्से २९५० अंकमा कायम भएको छ ।

१२ चैत, काठमाडौं ।

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक नेप्से २९५० अंकमा कायम भएको छ । बजार बढ्दा पनि कारोबार रकम घटेको छ, अघिल्लो दिन १५ अर्ब ९ करोडको कारोबार भएकोमा आज १३ अर्ब १६ करोडको भयो । १७८ कम्पनीको मूल्य बढ्दा ८० को घट्यो भने ८ को स्थिर रह्यो।

जलविद्युत् समूह सबैभन्दा धेरै १.५६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३७, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.८१,  उत्पादन तथा प्रशोधन १.५०, माइक्रोफाइनान्स ०.२०, निर्जीवन बीमा ०.४३ तथा अन्य समूह ०.६५ प्रतिशत बढे । व्यापार २.८४ प्रतिशत घट्यो । जीवन बीमा ०.०४ र विकास बैंक ०.०५ प्रतिशत घटे । ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् । त्यस्तै नेसनल हाइड्रोपावरको ६.२४, रिडी पावरको ६.१९ तथा शुभम पावरको ५.८० प्रतिशत मूल्य बढ्यो ।

पन्चकन्या माइ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.४८ प्रतिशत घट्यो । सिन्धु विकास बैंकको ३.५८ तथा कर्पोरेट डेभलपमेन्टको ३.२४ तथा विशाल बजारको ३.४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, एसवाई प्यानल, नेसनल हाइड्रोपावर, रिडी पावर र ङादी ग्रुप छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित
गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था, कृषि मन्त्रालयलाई ५७ अर्ब
गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था, कृषि मन्त्रालयलाई ५७ अर्ब
प्रतिबन्धित लागुऔषध सहित सर्लाहीबाट दुई युवक पक्राउ
प्रतिबन्धित लागुऔषध सहित सर्लाहीबाट दुई युवक पक्राउ
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक
मोइन अली जनकपुर बोल्ट्समा आबद्ध
मोइन अली जनकपुर बोल्ट्समा आबद्ध
विशेष अदालतको दुई फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालतमा
विशेष अदालतको दुई फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालतमा
रास्वपा केन्द्रीयसमिति बैठक बस्दै
रास्वपा केन्द्रीयसमिति बैठक बस्दै
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै
आन्तरिक बैठकबाटै निस्किए मन्त्री, भूमि विधेयकको छलफल दुई मिनेटमै स्थगित
आन्तरिक बैठकबाटै निस्किए मन्त्री, भूमि विधेयकको छलफल दुई मिनेटमै स्थगित
एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ : मौसम विभाग
एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ : मौसम विभाग