Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पाँच दिनपछि घट्यो सेयर बजार, बढ्यो कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ११, २०८२
|
|
४५ पटक हेरिएको
Shares
पाँच दिनपछि घट्यो सेयर बजार, बढ्यो कारोबार

सारांश

  • अघिल्ला पाँच कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ ।
  • बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज २४.
  • ४५ अंक घटेको हो ।

११ चैत, काठमाडौं ।

अघिल्ला पाँच कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज २४.४५ अंक घटेको हो । सो कमीपछि नेप्से २९३५ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २३.८३ अंक बढेको थियो ।

बजार घट्दा पनि कारोबार रकम बढेको छ, अघिल्लो दिन १४ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १५ अर्ब ९ करोडको भयो । ४५ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ७ को स्थिर रह्यो । व्यापार समूह सबैभन्दा धेरै ३.४५ प्रतिशत बढ्यो । अघिल्लो दिन पनि यहीं समूह सबैभन्दा धेरै ९.९ प्रतिशत बढेको थियो । यस समूहमा जम्मा दुई कम्पनी सूचीकृत रहेकोमा तीमध्ये बजारकै सबैभन्दा शक्तिशाली कम्पनी विशाल बजारको मूल्य ३.७७ प्रतिशत बढेसँगै व्यापार समूह आज पनि सबैभन्दा धेरै बढेको हो ।

त्यस्तै उत्पादन तथा प्रशोधन समूह ०.४८ प्रतिशत बढेको छ । अरु सबै समूहका सूचक घटे । बैंकिङ १. ४०, विकास बैंक २.३२, फाइनान्स २.०९, होटल तथा पर्यटन ०.०५, हाइड्रोपावर ०.१६, लगानी ०.५३, जीवन बीमा १.३९, माइक्रोफाइनान्स १.६४, निर्जीवन बीमा १.१५ तथा अन्य समूह १.७० प्रतिशत घटे । ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् । त्यस्तै पन्चकन्या माइ हाइड्रोको ९.७ प्रतिशत मूल्य बढ्यो ।

अभियान लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.७४ प्रतिशत घट्यो । सालपा विकास बैंकको ६.९९, कर्पोरेट डेभलपमेन्टको ६.७१, सिन्धु विकास बैंकको ६.०९ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, अपी पावर, शिवम् सिमेन्ट, सुपर मादी हाइड्रोपावर र एसवाई प्यानल छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
देशभर मनसुनी प्रभाव कायम, केही प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी प्रभाव कायम, केही प्रदेशमा भारी वर्षाको सम्भावना
अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले
अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले
पानी परेपछि रोकियो नेपाल र हङकङबीचको खेल
पानी परेपछि रोकियो नेपाल र हङकङबीचको खेल
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा
संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला
संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला
काठमाडौंको विभिन्न स्थानमा आज विद्युत् कटौती हुने
काठमाडौंको विभिन्न स्थानमा आज विद्युत् कटौती हुने
बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छु
बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छु
जीवन बीमक संघको नयाँ कार्यसमिति गठन
जीवन बीमक संघको नयाँ कार्यसमिति गठन
ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित
ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित