दुई मन्दिर तोडफोड गरेको आरोपमा बैठा पक्राउ
सर्लाही संवाददाता
१ चैत, सर्लाही। सर्लाही सदरमुकाम मलंगवामा मन्दिर तोडफोड गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका-८ का ३३ वर्षीय राकेश बैठा छन् ।सदरमुकाम मलंगवास्थित दुई मन्दिर तोडफोड गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । मलंगवा नगरपालिका-८ स्थित राजदेवी मन्दिर र वडा नं. -९ स्थित झिलमिलिया माई मन्दिरभित्र रहेको मूर्ति तोडफोड गरेको आरोपमा बैठालाई पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतोले जानकारी दिए ।
उनका अनुसार बैठालाई मन्दिर तोडफोडमा प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिइएको छ ।
मंगलबार साँझ बैठाले मन्दिर तोडफोड गरेको प्रहरीले जनाएको छ । बैठालाई धर्मसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
1
+1
1
+1
Post Comment