Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ७, २०८२
|
|
५० पटक हेरिएको
Shares
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङले नेपाल वायुसेवा निगमभित्र देखिएको बेथिति तथा भ्रष्टाचारका विषयमा औपचारिक छानबिन सुरु भएको बताएका छन् ।
  • गुरुङले शनिबार सामाजिक सञ्जालमा ज्ञापनपत्र बुझाएको फोटो सार्वजानिक गर्दै मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन् ।
  • उनले जहाज खरिददेखि मर्मतसम्म भएका अनियमितताविरुद्ध प्रमाणसहित पहल गरिएपछि सरकारले तत्काल कदम चालेको उल्लेख गरेका छन् ।

 

७ चैत,काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङले नेपाल वायुसेवा निगमभित्र देखिएको बेथिति तथा भ्रष्टाचारका विषयमा औपचारिक छानबिन सुरु भएको बताएका छन् । गुरुङले शनिबार सामाजिक सञ्जालमा ज्ञापनपत्र बुझाएको फोटो सार्वजानिक गर्दै मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन् ।

उनले जहाज खरिददेखि मर्मतसम्म भएका अनियमितताविरुद्ध प्रमाणसहित पहल गरिएपछि सरकारले तत्काल कदम चालेको उल्लेख गरेका छन् । उनका अनुसार अब वर्षौंदेखि थन्किएका फाइलहरू खोलिने छन् र छानबिन समितिले प्रमाण संकलन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्नेछ । उक्त प्रतिवेदनका आधारमा भ्रष्टाचारमा संलग्नमाथि कडा कानुनी कारबाही अघि बढाइने उनले बताएका छन् ।

गुरुङले राष्ट्रिय ध्वजाबाहक संस्थालाई कमजोर बनाउने प्रवृत्तिविरुद्ध खबरदारी जारी रहने उल्लेख गर्दै सुशासनको लडाइँ अझ सशक्त बनाइने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले सुरक्षा प्रमुखलाई निर्देशन दिएलगत्तै काठमाडौँ महानगरमा छलफल
प्रधानमन्त्रीले सुरक्षा प्रमुखलाई निर्देशन दिएलगत्तै काठमाडौँ महानगरमा छलफल
सभामुखद्वारा प्रतिनिधिसभामा उठेका विषयहरूप्रति सरकारको ध्यानाकर्षण
सभामुखद्वारा प्रतिनिधिसभामा उठेका विषयहरूप्रति सरकारको ध्यानाकर्षण
डलर बलियो हुँदा रेमिट्यान्समा रेकर्ड, चैतमै भित्रियो २ खर्ब ९ अर्ब
डलर बलियो हुँदा रेमिट्यान्समा रेकर्ड, चैतमै भित्रियो २ खर्ब ९ अर्ब
वैरागीलाई भारतका लागि नेपाली राजदूत बनाउने तयारी
वैरागीलाई भारतका लागि नेपाली राजदूत बनाउने तयारी
त्रिवि शिक्षण अस्पतालमा ५ महिनादेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द
त्रिवि शिक्षण अस्पतालमा ५ महिनादेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द
राष्ट्रिय सभा बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदै
राष्ट्रिय सभा बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदै
कर्णालीले चितवनलाई दियो १७५ रनको विशाल लक्ष्य
कर्णालीले चितवनलाई दियो १७५ रनको विशाल लक्ष्य
सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवन
सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवन
दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखियो
दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखियो
खुट्टाको चोट निको नभई रवि भोलि चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा
खुट्टाको चोट निको नभई रवि भोलि चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा