जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ७, २०८२
|
|
१६४ पटक हेरिएको
Shares
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा नागरिक स्वतन्त्रताका लागि भएका हरेक सङ्घर्ष र बलिदानी पूर्ण आन्दोलनमा मधेसी समुदायको भूमिका ऐतिहासिक र महत्त्वपूर्ण रहेको बताएका छन् ।
  • मधेशी आयोगको सातौँ वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ती आन्दोलनमा अभिव्यक्त स्वतन्त्रता, सहभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहितको राष्ट्रिय एकताको भावना अभिवृद्धि सबै नेपालीको चाहना रहेको बताए ।
  • ‘यो चाहनालाई आत्मसाथ गरेर अघि बढ्नु आजको मुख्य आवश्यकता हो, हालै सम्पन्न निर्वाचनमार्फत नेपाली जनताले अभिव्यक्त गरेको राष्ट्र निर्माणको दायित्वलाई पूरा गर्न म यस अवसरमा सबै पक्षलाई आह्वान गर्दछु,’ राष्ट्रपति पौडेलले भने ।

७ चैत,काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा नागरिक स्वतन्त्रताका लागि भएका हरेक सङ्घर्ष र बलिदानी पूर्ण आन्दोलनमा मधेसी समुदायको भूमिका ऐतिहासिक र महत्त्वपूर्ण रहेको बताएका छन् ।

मधेशी आयोगको सातौँ वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ती आन्दोलनमा अभिव्यक्त स्वतन्त्रता, सहभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहितको राष्ट्रिय एकताको भावना अभिवृद्धि सबै नेपालीको चाहना रहेको बताए । ‘यो चाहनालाई आत्मसाथ गरेर अघि बढ्नु आजको मुख्य आवश्यकता हो, हालै सम्पन्न निर्वाचनमार्फत नेपाली जनताले अभिव्यक्त गरेको राष्ट्र निर्माणको दायित्वलाई पूरा गर्न म यस अवसरमा सबै पक्षलाई आह्वान गर्दछु,’ राष्ट्रपति पौडेलले भने ।

उनले नेपाल एक बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न राष्ट्र हो भन्दै यस विविधताभित्र मधेसी समुदायले राष्ट्र निर्माणमा पु¥याएको योगदान महत्त्वपूर्ण रहेको बताए । ‘आयोगले विगत सात वर्षमा मधेशी समुदायको पहिचान र अधिकारका लागि जुन जग बसालेको छ, आगामी दिनमा यसलाई अझ उचाइमा पु¥याउनेछ भन्ने मेरो विश्वास छ,’ राष्ट्रपति पौडेलले भने । ऐतिहासिक रूपमा केही समुदाय-विशेषत: मधेसी समुदाय-राजनीतिक, सामाजिक र आर्थिक अवसरहरूबाट वञ्चित रहँदै आएको यथार्थलाई स्वीकार गर्दै ती असमानताहरूको अन्त्य गर्ने उद्देश्यले मधेसी आयोगको स्थापना गरिएको उनको भनाई थियो ।

‘संविधानले आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा आफ्नो कार्य सम्पादन गर्न अधिकार प्रदान गरेको छ, आयोगले अध्ययन, अनुसन्धान गरी हालै सार्वजनिक गरेको प्रतिवेदनमा मधेसी समुदायको हकहितको संरक्षण, सम्बद्र्धन, सशक्तीकरणका लागि विभिन्न सिफारिस समावेश छन्, ती सिफारिसले मधेसी समुदायका विभिन्न समस्या पहिचान गरी समाधानका लागि ठोस मार्ग निर्देशन प्रदान गरेको छ भन्ने मलाई लागेको छ,’ राष्ट्रपति पौडेलले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो
इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो
भीषण आगलागीबाट सर्लाही बरहथवामा पौने तीन करोडबराबरको क्षति
भीषण आगलागीबाट सर्लाही बरहथवामा पौने तीन करोडबराबरको क्षति
बढ्यो  नेप्से१० अर्ब ८७ करोडको सेयर कारोबार,
बढ्यो नेप्से१० अर्ब ८७ करोडको सेयर कारोबार,
कप्तानगञ्ज घटनाकाे विराेधमा सर्लाहीमा पनि विरोध प्रदर्शन
कप्तानगञ्ज घटनाकाे विराेधमा सर्लाहीमा पनि विरोध प्रदर्शन
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल कार्यसूचीमा
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल कार्यसूचीमा
पूर्वीनाकाबाट रु चार करोड ६० लाखको खरबुजा भित्रियो
पूर्वीनाकाबाट रु चार करोड ६० लाखको खरबुजा भित्रियो
जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ
जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ
अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध, थप ७ देशमा आंशिक रोक
अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध, थप ७ देशमा आंशिक रोक
आहा रारा पोखरा गोल्कपको उपाधि उज्वेकिस्तानी टिमलाई, फाइनलमा पुलिस पराजित
आहा रारा पोखरा गोल्कपको उपाधि उज्वेकिस्तानी टिमलाई, फाइनलमा पुलिस पराजित
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर