सपना प्रधान मल्ल प्रधानन्यायाधीश बन्नेमा विश्वस्त छौं : महान्यायाधिवक्ता भण्डारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र ६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
सपना प्रधान मल्ल प्रधानन्यायाधीश बन्नेमा विश्वस्त छौं : महान्यायाधिवक्ता भण्डारी

सारांश

  • महान्यायाधिवक्ता सविता भण्डारीले महिलाहरू उच्च पदमा पुग्दा महिलाहरूबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको वकालत गर्ने संस्कार बसाल्न आग्रह गरेकी छिन् ।
  • शुक्रबार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानून व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी दिनमा न्यायपालिकामा महिला नेतृत्व पाउने आशा व्यक्त गरिन् ।
  • सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भोलिको प्रधानन्यायाधीश हुनेमा आफू विश्वस्त रहेको पनि उनको भनाइ छ ।

६ चैत, काठमाडौं ।

महान्यायाधिवक्ता सविता भण्डारीले महिलाहरू उच्च पदमा पुग्दा महिलाहरूबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको वकालत गर्ने संस्कार बसाल्न आग्रह गरेकी छिन् । शुक्रबार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानून व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी दिनमा न्यायपालिकामा महिला नेतृत्व पाउने आशा व्यक्त गरिन् । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भोलिको प्रधानन्यायाधीश हुनेमा आफू विश्वस्त रहेको पनि उनको भनाइ छ ।

‘हाम्रा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भोलिको प्रधानन्यायाधीश हुनुहुन्छ भन्ने विश्वस्त पनि छौं । तर यसरी माथिल्लो पदमा कुनै महिला पुग्दाखेरि हामीले उहाँहरूका वकालत गर्ने हामीले बानी बसाल्नुपर्छ,’ भण्डारीले भनिन् । महान्यायाधिवक्ता भण्डारीले कानुन व्यवसायी महिलाहरू केवल पेशागत भुमिकामा मात्र सिमित नभई समाज परिवर्तनका वास्तविक संवाहक भएको बताइन् । महिला, बालबालिका, दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायको अधिकार संरक्षणमा महिला कानून व्यवसायीको भुमिका निर्णायक हुने उनले उल्लेख गरिन् ।

‘जब म महान्यायाधिवक्ताको पदमा मेरो मनोनयन भयो त्यही बेला मलाई केही पत्रकार मित्रहरूले मलाई प्रश्न गर्नुभयो । होइन, तपाईंको विरोध गर्ने त किन महिलाहरूले बढी देखिए ? मैले भनें सायद हामीले हाम्रा वकालत गर्नै जानेनौं,’ उनले भनेकी छिन्, ‘हामी महिला त भयौं तर महिलाको वकालत गर्न हामीले जानेनौं । सायद त्यसले गर्दाखेरि पनि ती प्रश्नहरू हामीप्रति बारम्बार आइराखे । त्यसैले म यहाँहरू समक्ष एउटा अनुरोध पनि गर्न चाहन्छु आगामी दिनमा न्यायपालिकामा पनि हामीले एउटा महिला नेतृत्व पाउने आश गरेका छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोले अरनिको राजमार्ग अवरुद्ध
पहिरोले अरनिको राजमार्ग अवरुद्ध
आइतबार तोलामा १६ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?
आइतबार तोलामा १६ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?
च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य
च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य
आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन, मध्यरातसम्म कुपण्डोलमा केके छलफल भयो ?
आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन, मध्यरातसम्म कुपण्डोलमा केके छलफल भयो ?
नेपाल मलेसियासंग पराजित, सिरिज बराबरीको अवस्था
नेपाल मलेसियासंग पराजित, सिरिज बराबरीको अवस्था
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
एसियन कप छनोट: लाओसविरुद्ध खेल्दै नेपाली टोली
एसियन कप छनोट: लाओसविरुद्ध खेल्दै नेपाली टोली
कसले जित्यो वा हार्यो भन्दा पनि नेपाली जनताले जितेका छन् भन्ने बुझ्नुपर्छ : वर्षमान पुन
कसले जित्यो वा हार्यो भन्दा पनि नेपाली जनताले जितेका छन् भन्ने बुझ्नुपर्छ : वर्षमान पुन
सिराहा–४ मा रास्वपाका तपेश्वर यादवको शानदार विजय
सिराहा–४ मा रास्वपाका तपेश्वर यादवको शानदार विजय
भारतलाई ९२ रनले हराउँदै हङकङ सिक्सेसमा नेपालको पहिलो जित
भारतलाई ९२ रनले हराउँदै हङकङ सिक्सेसमा नेपालको पहिलो जित