इनिसा विक ह*त्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १, २०८२
|
|
४३ पटक हेरिएको
Shares
इनिसा विक ह*त्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग

सारांश

  • नेपाल दलित मुक्ति मोर्चाले बालिका इनिसा विक हत्याको निष्पक्ष अनुसन्धान गरी घटनाका दोषीलाई कानुन बमोजिम कारवाही गर्न सरकारसमक्ष माग गरेको छ ।
  • सङ्गठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आज (आइतबार) गृहमन्त्री ओमप्रकाश अर्याललाई मन्त्रालयमा ज्ञापन–पत्र बुझाउदै घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याइ पीडित परिवारलाई न्याय दिन माग गरेको हो ।
  • साथै मोर्चाले घटनामा संलग्नलाई कारवाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै पीडित परिवारमा पर्न गएको भौतिक तथा मनोवैज्ञानिक क्षतिको मूल्याङ्कन गरी न्याय र उचित क्षतिपुर्तिको लागि माग गरेको छ ।

१ चैत,काठमाडौं ।

नेपाल दलित मुक्ति मोर्चाले बालिका इनिसा विक हत्याको निष्पक्ष अनुसन्धान गरी घटनाका दोषीलाई कानुन बमोजिम कारवाही गर्न सरकारसमक्ष माग गरेको छ । सङ्गठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आज (आइतबार) गृहमन्त्री ओमप्रकाश अर्याललाई मन्त्रालयमा ज्ञापन–पत्र बुझाउदै घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याइ पीडित परिवारलाई न्याय दिन माग गरेको हो ।

साथै मोर्चाले घटनामा संलग्नलाई कारवाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै पीडित परिवारमा पर्न गएको भौतिक तथा मनोवैज्ञानिक क्षतिको मूल्याङ्कन गरी न्याय र उचित क्षतिपुर्तिको लागि माग गरेको छ । ज्ञापन–पत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए । उनले मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनैपनि प्रकारका आपराधिक घटना र अवान्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय गर्न सरकार जिम्मेवारीताका साथ लागि परेको बताए । सुर्खेतको गुर्भाकोट नपा.–६ स्थायी घर भई हाल विरेन्द्रनगर–१ म बसोवास गर्दै स्थानीय उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीय बालिका इनिसा वि.क.को हत्या भएको थियो ।

उनको गत फागुन २३ गते बिहान करिब ६ बजे ट्युशन पढ्न भनी घरबाट बाहिर गएको र अबेरसम्म घर नफर्केकाले खोजी गर्दा विरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकको सामुदायिक वनमा बेहोस अवस्थामा भेटिएको थियो । समग्र घटनाको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि क्रुरतापूर्वक हत्या भएको देखिएको मोर्चाले ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बूढानीलकण्ठमा घर भाडा लिएर अभौतिक मुद्रा कारोबार, ११ भारतीय समातिए
बूढानीलकण्ठमा घर भाडा लिएर अभौतिक मुद्रा कारोबार, ११ भारतीय समातिए
सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता
सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
डेडिकेटेड र ट्रंकलाइन विवादमा उच्चस्तरीय आयोग गठन गर्न महासंघको माग
डेडिकेटेड र ट्रंकलाइन विवादमा उच्चस्तरीय आयोग गठन गर्न महासंघको माग
करेन्ट लागेर घाइते भएका बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति दिइने
करेन्ट लागेर घाइते भएका बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति दिइने
सर्लाहीको मलंगवामा कर्फ्यूको समय घटाइयो
सर्लाहीको मलंगवामा कर्फ्यूको समय घटाइयो
ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते
ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते
कांग्रेस–एमालेको गठबन्धन बनेकै दिनदेखि दुर्घटनाको खतरा बढ्यो : प्रचण्ड
कांग्रेस–एमालेको गठबन्धन बनेकै दिनदेखि दुर्घटनाको खतरा बढ्यो : प्रचण्ड
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु, विज्ञ समितिबाट छनोट हुने
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु, विज्ञ समितिबाट छनोट हुने
आजको मौसम: केही प्रदेशमा भारी वर्षाको सम्भावना। 
आजको मौसम: केही प्रदेशमा भारी वर्षाको सम्भावना।