२६ जेष्ठ २०८२, आईतवार

शिवनगर रुद्र महायज्ञमा रक्षा मन्त्री उप्रेती द्वारा पुष्प वर्षा


२७ फागुन, सर्लाही। धार्मिक तथा ऐतिहासिक मन्दिर चक्रघट्टा गाउँपालिका -०१ शिवनगर स्थित भोले बाबा मन्दिरमा रुद्र महायज्ञ अवसरमा आज हेलिकप्टरबाट पुष्प वर्षा गरिएको छ।


सम्पुर्ण चक्रघट्टा बासी र मन्दिर ब्यवस्थापन समितिको आयोजनामा गरिएको रुद्र महायज्ञको आज समापनको अवसरमा रक्षा मन्त्री माननीय हरी उप्रेतीको पहलमा पुष्प वर्षा गरिएको आयोजक मन्दिर व्यवस्थापन समितिले जानकारी दिए।
प्रसिद्ध धार्मिकस्थल मानिने शिवनगरको भोलेनाथ मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउनका लागि हेलिकप्टरद्वारा पुष्प वर्षा गरिएको मन्त्री उप्रेतीले बताए।

पुष्प वर्षासँगै रुद्र महायज्ञमा भक्तजनका लागि भण्डारा चलाइएको थियो। भण्डारामा आउनेलाई भोजनको व्यवस्था गरिएको थियो। उक्त धाममा भक्तजनलाई जान–आउनदेखि दर्शन तथा पूजापाठ गर्न बसको व्यवस्था गरिएको थियो। भोले बाबा मन्दिरमा लागेको रुद्र महायज्ञ मेलाको दर्शनका लागि‌ देश-विदेशबाट हजारौंको संख्यामा दर्शनार्थी आएका मन्दिर व्यवस्थापन समितिका अध्यक्षले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment