नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २८, २०८२
|
|
९५ पटक हेरिएको
Shares
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने

सारांश

  • संघीय संसदका लागि सिंहदरबारभित्र निर्माण भइरहेको नयाँ संसद भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
  • शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार भवनको अधिकांश काम सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम बाँकी रहेकाले प्रतिनिधि सभाको मुख्य हल तत्काल सञ्चालन गर्न भने केही समय लाग्ने भएको छ ।
  • श्रेष्ठका अनुसार प्रारम्भिक योजना अनुसार प्रतिनिधि सभाको मुख्य हलमा हुने फल्स सिलिङको काम फागुन १४–१५ भित्र सम्पन्न गरी त्यसपछि कार्पेट बिछ्याउने, माइक तथा अडियो–भिडियो प्रणालीको केबलिङ गर्ने र आवश्यक फर्निचर जडान गर्ने तयारी गरिएको थियो ।

 

२८ फागुन, काठमाडौं ।

संघीय संसदका लागि सिंहदरबारभित्र निर्माण भइरहेको नयाँ संसद भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार भवनको अधिकांश काम सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम बाँकी रहेकाले प्रतिनिधि सभाको मुख्य हल तत्काल सञ्चालन गर्न भने केही समय लाग्ने भएको छ । श्रेष्ठका अनुसार प्रारम्भिक योजना अनुसार प्रतिनिधि सभाको मुख्य हलमा हुने फल्स सिलिङको काम फागुन १४–१५ भित्र सम्पन्न गरी त्यसपछि कार्पेट बिछ्याउने, माइक तथा अडियो–भिडियो प्रणालीको केबलिङ गर्ने र आवश्यक फर्निचर जडान गर्ने तयारी गरिएको थियो ।

तर प्राविधिक जटिलता देखिएपछि उक्त काम सोचेअनुसार समयमा सम्पन्न हुन नसकेकोे बताए । प्रतिनिधि सभाको मुख्य हलमा भइरहेको फल्स सिलिङको काममा केही प्राविधिक समस्या आयो । त्यसका कारण काम अपेक्षित गतिमा अघि बढ्न सकेन । त्यसैले मुख्य हल पूर्णरूपमा तयार हुन अझै करिब १०–१२ दिन लाग्ने देखिएको छ ।’ मुख्य हल तयार हुन केही समय लाग्ने भएपछि तत्कालका लागि वैकल्पिक व्यवस्था गरिने भएको छ । श्रेष्ठका अनुसार नयाँ बनिरहेको संसद भवनभित्रकै अर्को हललाई अस्थायी रूपमा प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न मिल्ने गरी तयारी गरिएको छ । उनले भने, ‘हामीले अहिले त्यही भवनभित्रको अर्को हललाई प्रतिनिधि सभा सञ्चालन गर्न सक्नेगरी तयार पारेका छौं। करिब करिब सबै तयारी पूरा भइसकेको छ। अब दुई–तीन दिनभित्रै उक्त हल तयार भएर संसद सचिवालयलाई हस्तान्तरण गर्न सकिने अवस्थामा पुग्नेछ ।’ यो वैकल्पिक हलमा प्रतिनिधि सभालाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार रहनेछन्। यहाँ नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम सञ्चालन गर्न सकिनेछ भने आवश्यक परे प्रतिनिधि सभाको बैठकसमेत सञ्चालन गर्न मिल्ने व्यवस्था गरिनेछ। राष्ट्रिय सभाको बैठक भने सिंहदरबार परिसरकै कृषि समितिको पुरानो हलमा सञ्चालन गरिएको छ ।

श्रेष्ठका अनुसार चैत १ गते संसद सचिवालयलाई हस्तान्तरण गर्ने भनिएको संरचना सम्पूर्ण संसद भवन भने होइन। ‘हामीले सम्पूर्ण भवन हस्तान्तरण गर्ने भनेका होइनौ । त्यो मितिमा प्रतिनिधि सभा सञ्चालन गर्न मिल्ने हल मात्र हस्तान्तरण गर्ने योजना हो।’ उनका अनुसार संसद भवन निर्माण कार्य अहिले तीव्र गतिमा अघि बढिरहेको छ। साइटमा दैनिक करिब ३८० देखि ४१० जनासम्म कामदार तीन शिफ्टमा २४ सै घण्टा काम गरिरहेका छन्। विभागका प्राविधिक कर्मचारीहरू समेत निरन्तर रूपमा साइटमा खटिएर कामको अनुगमन गरिरहेका छन्। उनले अब डेढ महिनाभित्र सम्पूर्ण भवनको काम सम्पन्न हुने अनुमान रहेको जानकारी गराए । श्रेष्ठले भने, ‘पछिल्लो दुई महिनामा निर्माण कार्य निकै तीव्र गतिमा अघि बढेको छ। प्राविधिक टोली र कामदारहरू तीन शिफ्टमा निरन्तर काम गरिरहेका छन्। यस हिसाबले अब करिब एकदेखि डेढ महिनाभित्र सम्पूर्ण भवनको काम सम्पन्न हुने हाम्रो अनुमान छ ।’ संसद भवन निर्माणमा समय केही लम्बिनुका विभिन्न कारण रहेको उनले बताए। निर्माण सुरु हुनु अघि सो स्थानमा नेपाली सेनाको चण्डीदल गण तथा अर्को सैन्य युनिट रहेकाले उनीहरूलाई स्थानान्तरण गर्नुपर्ने अवस्था थियो। त्यसका लागि नयाँ स्थानमा आवश्यक संरचना निर्माण गरी सेनालाई व्यवस्थित रूपमा सार्न समय लागेको उनले बताए । त्यसपछि सुरु भएको निर्माण कार्य कोभिड–१९ महामारीका कारण प्रभावित भएको थियो। महामारीका बेला लागू गरिएको लकडाउन तथा अन्य प्रतिबन्धका कारण निर्माण कार्य केही समय रोकिएको अवस्था रहेको श्रेष्ठले बताए ।

त्यसैगरी संसद भवनमा प्रयोग हुने केही विशेष सामग्री विदेशबाट आयात गर्नुपर्ने भएकाले समयमै सामग्री उपलब्ध नहुँदा पनि काम प्रभावित भएको उनले उल्लेख गरे।‘विदेशबाट ल्याउनुपर्ने सामग्री समयमा नआउँदा कतिपय काम रोकिनुपर्ने अवस्था आयो र त्यो हाम्रो नियन्त्रण बाहिरको विषय पनि थियो ।’ निर्माण अवधिभर विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनले पनि काममा असर पु¥याएको उनले बताए । उनका अनुसार कुनै आन्दोलन एक–दुई दिन मात्र भए पनि त्यसको असर निर्माण कार्यमा झण्डै १०–१२ दिनसम्म पर्न सक्ने अवस्था हुने गरेको छ । यद्यपि समय लम्बिए पनि परियोजनाको लागत भने नबढ्ने उनले स्पष्ट पारे । श्रेष्ठका अनुसार संसद भवनको सिभिल निर्माणतर्फ करिब ५ अर्ब ५० देखि ६० करोड रुपैयाँ हाराहारी खर्च हुने अनुमान छ भने इन्टेरियर निर्माणका लागि थप २ अर्ब ३४ करोड रुपैयाँ लागत रहेको छ । उनले भने,‘थप आर्थिक भार यसमा केही पनि पर्दैन। समयको हिसाबले अलिकति बढी समय लाग्न गयो तर हामीले जुन सुरुमा सम्झौता गरेको रकम छ। सम्झौता लागतमा बढ्दैन। सम्झौता लागत भित्रै निर्माण कार्य सम्पन्न हुन्छ । समय बढी लाग्यो भन्दैमा राज्यलाई थप आर्थिक व्यहोर्न पर्दैन । ५ अर्ब ५० – ६० करोडको हाराहारी त्यसमा इन्टरियरको अर्को २ अर्ब ३४ करोड हो यति हो यही लागत भित्र नै भवन सबै सम्पन्न हुन्छ ।’
करिब १५० रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको नयाँ संसद भवन तयार भएपछि संघीय संसदका सम्पूर्ण गतिविधि यही नयाँ संरचनाबाट सञ्चालन हुनेछन् । यसअघि संसद बैठक सञ्चालनका लागि प्रयोग हुँदै आएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भने मूलतः सम्मेलन र अन्य कार्यक्रमका लागि निर्माण गरिएको संरचना हो । संविधानसभाको निर्वाचनपछि सांसदहरूको संख्या बढेपछि अस्थायी रूपमा त्यही भवनलाई संसद बैठकका लागि प्रयोग गरिएको थियो। अब उक्त भवनलाई सम्मेलन केन्द्र कै हिसाब ले अगाड़ी बढ़ाइने छ । अब नयाँ संसद भवन पूर्णरूपमा तयार भएपछि संसदका सबै गतिविधि सोही भवनबाट सञ्चालन हुने र संसदका लागि आवश्यक सम्पूर्ण पूर्वाधार एउटै परिसरभित्र उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर
सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर
टी–२० विश्वकप : श्रीलंका र न्युजिल्याण्ड भिड्दै
टी–२० विश्वकप : श्रीलंका र न्युजिल्याण्ड भिड्दै
घुससहित पक्राउ परेका रोल्पाका तत्कालीन ट्राफिक प्रमुख दोषी ठहर
घुससहित पक्राउ परेका रोल्पाका तत्कालीन ट्राफिक प्रमुख दोषी ठहर
ओलम्पिकमा सहभागी भएर फर्किएकी धावकलाई पूर्वप्रेमीले आगो लगाएर गरे हत्या
ओलम्पिकमा सहभागी भएर फर्किएकी धावकलाई पूर्वप्रेमीले आगो लगाएर गरे हत्या
सर्लाही–४ मा‌ नेकपा बाट अभनिश‌ यादव एकल उम्मेदवार सिफारिस
सर्लाही–४ मा‌ नेकपा बाट अभनिश‌ यादव एकल उम्मेदवार सिफारिस
स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता होस् : उपराष्ट्रपति
स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता होस् : उपराष्ट्रपति
धनगढीकी उपमेयर राना कैलाली ५ बाट एमाले महाधिवेशन प्रतिनिधिमा पराजित
धनगढीकी उपमेयर राना कैलाली ५ बाट एमाले महाधिवेशन प्रतिनिधिमा पराजित
मन्त्रिपरिषद् बैठक बस्दै- गभर्नर नियुक्तिको सम्भावना
मन्त्रिपरिषद् बैठक बस्दै- गभर्नर नियुक्तिको सम्भावना
सुनको भाउ नाघ्यो २ लाख ६० हजार, हालसम्मकै उच्च
सुनको भाउ नाघ्यो २ लाख ६० हजार, हालसम्मकै उच्च
बारामा तनाव : प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक
बारामा तनाव : प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक