शिवरात्रिमा भीआईपी दर्शन पास बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २५, २०८०
|
|
२८ पटक हेरिएको
Shares
शिवरात्रिमा भीआईपी दर्शन पास बन्द

सारांश

  • महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर दर्शनका लागि विगतमा वितरण गरिने भीआईपी पास यसपटक बन्द गरिएको छ ।
  • विगतमा भीआईपीहरुका लागि छुट्टै पास वितरण गरी पशुपतिनाथ मन्दिर दर्शनको व्यवस्था मिलाइन्थ्यो ।
  • त्यसका लागि तीलगंगातर्फको मार्ग प्रयोग गरिन्थ्यो ।

२५ फागुन, काठमाडौं । महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर दर्शनका लागि विगतमा वितरण गरिने भीआईपी पास यसपटक बन्द गरिएको छ ।

विगतमा भीआईपीहरुका लागि छुट्टै पास वितरण गरी पशुपतिनाथ मन्दिर दर्शनको व्यवस्था मिलाइन्थ्यो । त्यसका लागि तीलगंगातर्फको मार्ग प्रयोग गरिन्थ्यो । तर यसपटक भीआईपी पास बन्द गरिएको र तीलगंगा मार्गलाई भक्तपुर, ललितपुर र पूर्वतर्फबाट आउने भक्तजनहरुको सहजताका लागि प्रयोग गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार क्षेत्रीले जानकारी दिए । पशुपतिनाथ मन्दिर दर्शनका लागि आज बिहान २ बजेदेखि नै खुला गरिएको छ ।

पहिले चार वटा ढोकामा चारवटा ¥याम्प दर्शनका लागि प्रयोग हुन्थ्यो भने यसपालि फरक छ । उत्तरतर्फ तीनवटा ¥याम्प बनाइएको छ । यसैगरी पूर्व, पश्चिम र दक्षिणतर्फबाट दुई–दुईवटा र्याम्प बनाइएको छ । बौद्ध, साँखु, सुन्दरीजलतर्फबाट आउने व्यक्तिहरुका लागि गुह्येश्वरी भन्दा माथि यातायात कार्यालयसँगै रहेको जग्गामा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको छ । यसका लागि आठ नम्बर वडा कार्यालयसँग समन्वय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीमा कुलिङ पिरियड नराख्न राष्ट्रिय सभामा एमालेका ५ सांसदको संशोधन
कर्मचारीमा कुलिङ पिरियड नराख्न राष्ट्रिय सभामा एमालेका ५ सांसदको संशोधन
फागुन महिनामा अब राष्ट्रिय सभाका तीनवटा मात्रै बैठक बस्ने
फागुन महिनामा अब राष्ट्रिय सभाका तीनवटा मात्रै बैठक बस्ने
राजावादी आन्दोलनको नेतृत्वबाट सुवेदीलाई हटाउने तयारी
राजावादी आन्दोलनको नेतृत्वबाट सुवेदीलाई हटाउने तयारी
भारतमा लगेर नेपालीको मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ
भारतमा लगेर नेपालीको मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ
२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने
२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने
स्वास्थ्य मन्त्रीमा सिफारिस संगीताको नाम ‘होल्ड’
स्वास्थ्य मन्त्रीमा सिफारिस संगीताको नाम ‘होल्ड’
आज कामिका एकादशी
आज कामिका एकादशी
महोत्तरीकाे एक वस्तीमा भीषण आगलागी, १५० बढी घरगोठ जले
महोत्तरीकाे एक वस्तीमा भीषण आगलागी, १५० बढी घरगोठ जले
पीडितका लागि वडा महिला सञ्जालमार्फत तत्काल राहतको काम हुनुपर्छ: सुनिता डंगोल
पीडितका लागि वडा महिला सञ्जालमार्फत तत्काल राहतको काम हुनुपर्छ: सुनिता डंगोल
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम