बाजुरामा १ हजार ४ सय बढी अस्थायी मतदाता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन १३, २०८२
|
|
२० पटक हेरिएको
Shares
बाजुरामा १ हजार ४ सय बढी अस्थायी मतदाता

सारांश

  •   फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा १ हजार ४८२ जना अस्थायी मतदाता कायम गरिएका छन् ।
  • जिल्ला निर्वाचन कार्यालय बाजुराले आसन्न निर्वाचनलाई लक्षित गर्दै अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गरेको हो ।
  • अस्थायी मतदाता नामावलीमा सरकारी कर्मचारी तथा सुरक्षाकर्मीहरू समावेश छन् ।

१३ फागुन,बाजुरा । 

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा १ हजार ४८२ जना अस्थायी मतदाता कायम गरिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराले आसन्न निर्वाचनलाई लक्षित गर्दै अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गरेको हो । अस्थायी मतदाता नामावलीमा सरकारी कर्मचारी तथा सुरक्षाकर्मीहरू समावेश छन् । अस्थायी मतदाताका लागि जिल्लामा एक मात्र मतदान केन्द्र तोकिएको छ । सदरमुकाम मार्तडी स्थित डिभिजन वन कार्यालयमा उक्त केन्द्र रहने भएको छ।अस्थायी मतदाताले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मात्र मत हाल्न पाउनेछन् ।

प्रत्यक्ष तर्फका उम्मेदवारलाई मतदान गर्न नपाइने व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । अस्थायी मतदाता नामावलीमा सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचनमा खटिएका कर्मचारी–सुरक्षाकर्मी, सरकारको स्वीकृतिमा सञ्चालित वृद्धाश्रममा रहेका व्यक्ति तथा आयोगले तोकेका अन्य व्यक्तिहरूको नाम समावेश हुने व्यवस्था छ । बाजुरामा प्रतिनिधि सभा निर्वाचनको तयारीमा लगभग पूरा भएको छ। बाजुरामा करिब ७ सय बढी निर्वाचन कर्मचारी खटाइएको छ । बाजुरामा ८७ हजार ८६१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । जसमा ४२ हजार ४३१ महिला, ४५ हजार ४२८ पुरुष र २ जना अन्य रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएको छ । बाजुरामा ६२ मतदान केन्द्र अतिसंवेदशिल,१२ वटा संवेदनशील र ३ वटा सामान्य रहेको जिल्ला सुरक्षा समिति बाजुराका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए। बाजुरामा एक स्वतन्त्र सहित ७ दलका उम्मेदवार चुनावी मैदानमा छन् मुख्य गरी कांग्रेस, एमाले, नेकपा र रास्वपाबिच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा नेताहरुलाई रिहा गर्न माग गर्दै नाराबाजी, माइतीघरतर्फ लाग्यो जुलुस
राप्रपा नेताहरुलाई रिहा गर्न माग गर्दै नाराबाजी, माइतीघरतर्फ लाग्यो जुलुस
रिंकु मृत्यु प्रकरण : वडा सदस्य कारागार चलान, ६ जनासँग धरौटी माग
रिंकु मृत्यु प्रकरण : वडा सदस्य कारागार चलान, ६ जनासँग धरौटी माग
मलेसियामा विद्यार्थी बोकेको बस दुर्घटना , १५ विद्यार्थीको मृ*त्यु
मलेसियामा विद्यार्थी बोकेको बस दुर्घटना , १५ विद्यार्थीको मृ*त्यु
सार्वजनिक लेखा समितिमा उच्च बेरुजु भएका मन्त्रालयको समीक्षा
सार्वजनिक लेखा समितिमा उच्च बेरुजु भएका मन्त्रालयको समीक्षा
नयाँ शैक्षिकसत्र औपचारिक रुपमा सुरु
नयाँ शैक्षिकसत्र औपचारिक रुपमा सुरु
जुवा खेल्दै गरेको आरोपमा काठमाडौं बाट ९ जना १० लाख रकम सहित पक्राउ
जुवा खेल्दै गरेको आरोपमा काठमाडौं बाट ९ जना १० लाख रकम सहित पक्राउ
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
रवि लामिछाने आज भाजपा नेतृत्वसँग भेट गर्ने
रवि लामिछाने आज भाजपा नेतृत्वसँग भेट गर्ने
आईपीएल क्रिकेट : अक्सनका लागि ३५० जनाको नाम सार्वजनिक, परेनन् नेपाली खेलाडी
आईपीएल क्रिकेट : अक्सनका लागि ३५० जनाको नाम सार्वजनिक, परेनन् नेपाली खेलाडी
डेङ्गु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट अभियान
डेङ्गु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट अभियान