Press 4K
बिहिबार, १४ श्रावण २०८३

स्कटल्यान्डविरुद्ध ७ विकेटको जित निकाल्दै नेपालको विश्वकप यात्रा सकियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन ६, २०८२
|
|
३२ पटक हेरिएको
Shares
स्कटल्यान्डविरुद्ध ७ विकेटको जित निकाल्दै नेपालको विश्वकप यात्रा सकियो

सारांश

  • जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको छ ।
  • मंगलबार भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित निकालेको हो ।
  • स्कटल्यान्डले १७१ रनको लक्ष्य दिएको थियो ।

 काठमाडौं ।

जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको छ । मंगलबार भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित निकालेको हो । स्कटल्यान्डले १७१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले ३ विकेटको क्षतिमा पूरा गर्यो । चौथो विकेटका लागि दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले ७३ रनको अविजित साझेदारी गरेपछि नेपालले जारी विश्वकपमा पहिलो जित हात पारेको हो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २० औँ ओभरको पहिलो बलमा २३ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे । जारी विश्वकपमा यो दीपेन्द्रको लगातार दोस्रो अर्धशतक हो । यसअघि उनले वेष्ट इण्डिजविरुद्ध अर्धशतक हानेका थिए । गुल्सन झाले १७ बलमा १ चौका र २ छक्काको सहयोगमा २४ रनमा अविजित रहे । ओपनर कुशल भुर्तेल ४३ रन बनाउँदा क्याच आउट हुन पुगे । ३५ बलमा १ चौका ६ छक्का सहयोगमा ४३ रन बनाएका कुशल माइकल लिस्कको बलमा क्याच आउट भए । अर्का ओपनर आशिफ शेख २७ बलमा २ छक्का सहयोगमा ३३ रन बनाउँदा माइकल लिस्क कै बलमा क्याच आउट भए । कप्तान रोहित पौडेल १४ बलमा १ चौकाको मद्दतमा १६ रन बनाउँदा माइकल कै बलमा क्याच आउट हुन पुगे । स्कटल्यान्डका लागि ३ विकेट माइकल लिस्कलले लिए उनले आफ्नो स्पेलमा ३० रन खर्चे । त्यसअघि मुम्बइको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको हो । पहिलो विकेटका लागि ओपनर जर्ज मुन्से र माइकल जोन्सले १० ओभरमा ८० रनको साझेदारी गर्दै स्कटल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

१० औँ ओभरको अन्तिम बलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अ‍ोपनर जर्ज मुन्सेलाई सन्दीप जोराको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए । २९ बलमा ४ चौका सहयोगमा २७ रनमा क्याच आउट भए । त्यसअघि १० औँ ओभरको पाचौँ बलमा माइकलले ३१ बलमा ६ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। त्यसको दोस्रो बलमा जर्ज आउट भए । दोस्रो विकेटका लागि माइकल र ब्रान्डोन म्याक मुलेनले ५२ रनको साझेदारी गरेका थिए । १६ औँ ओभरको दोस्रो बलमा ७१ रन बनाएका माइकल जोन्स सोमपाल कामीको बलमा बोल्ड आउट भए। उनले ४५ बलमा ८ चौका र ३ छक्का हाने । १६ औँ ओभरको चौथो बलमा २५ रन बनाएका ब्रान्डोम सोमपाल कै बलमा कट एण्ड बोल्ड हुन पुगे। ब्रान्डोमले १९ बलमा १ चौका र १ छक्का हानेका थिए ।

 

कप्तान रिची बेरिङटोन १० रन बनाउँदा कुशल भुर्तेलको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे । म्याथु क्रस ४ रनमा नन्दन यादवको बलमा बोल्ड आउट भए । टोम ब्रुस ५ रन बनाउँदा सोमपाल कै बलमा बोल्ड आउट भए ।माइकल लिस्क ४ रन बनाउँदा नन्दनको बलमा आशिफ शेखको हातबाट आउट भए । मार्क वाट १० ओलिभर डेविडसन १ रनमा अविजित रहे । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । सोमपालले आफ्नो स्पेलमा २५ रन दिए । नन्दन यादवले २ विकेट आफ्नो नाममा गरे । कप्तान रोहित पौडेल र कुशल भुर्तेलले समान एक विकेट लिए । कुशलले आफ्नो स्पेलमा ३७ रन दिए । जारी विश्वकपको समूह चरणमा नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो । दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार व्यहोर्यो । तेस्रो खेलमा वेष्ट इण्डिजसँग ९ विकेटको हार बेहोर्यो । त्यसयता नेपालले विश्वकपमा जित निकाल्न सकेको थिएन ।नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा २ जित हात पारेको थियो । नेपालले पहिलो पटक विश्वकप खेल्दा सन् २०१४ मा हङकङलाई ८० रनले हराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता
सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता
मधेश प्रदेशसभा बैठक अनिश्चित समयका लागि स्थगित
मधेश प्रदेशसभा बैठक अनिश्चित समयका लागि स्थगित
धनगढीमा जुवा खालबाट एक लाखसहित १३ जना पक्राउ
धनगढीमा जुवा खालबाट एक लाखसहित १३ जना पक्राउ
पहिरोले देशभर १३ वटा सडक अवरुद्ध
पहिरोले देशभर १३ वटा सडक अवरुद्ध
सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली
सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा
खानेपानी कार्यालयका तत्कालीन प्रमुख यादवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
खानेपानी कार्यालयका तत्कालीन प्रमुख यादवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण
काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण
रामेछापमा बुहारीको हत्या आरोपमा एक व्यक्ति पक्राउ
रामेछापमा बुहारीको हत्या आरोपमा एक व्यक्ति पक्राउ
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...