टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ २९, २०८२
|
|
३९ पटक हेरिएको
Shares
टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार

सारांश

  • आईसीसी पुरुष टी– २० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ ।
  • आजको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो ।
  • नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.

२९ माघ, काठमाडौं ।

आईसीसी पुरुष टी– २० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । आजको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमा कुनै विकेट नगुमाई पुरा गरेको हो । इटालीको सहज जितमा जस्टिन मोस्का र एन्थोनी मोस्काले सानदार साझेदारी गरे । जस्टिन ६० तथा एन्थोनी ६२ रनमा अविजित रहे । ४४ बल खेलेका जस्टिनले ५ चौका तथा ३ छक्का प्रहार गरे । यस्तै, एन्थोनीले ३ चौका र ६ छक्का हिर्र्काए । नेपालका कुनै पनि बलर चल्न सकेनन् र विकेटविहिन बने ।

त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो ।  आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुशल भुर्तेलले ५, लोकेश बम र गुलशन झाले ३–३ रन बनाउँदा नन्दन यादवले खाता पनि खोल्न सकेनन् । बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए । यसअघिको खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो । आजको खेल हारेसँगै नेपाल अंकविहिन बन्न पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे केपी ओली
प्रधानमन्त्री भेट्न बालुवाटार पुगे केपी ओली
आजदेखि अध्यागमनको सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म
आजदेखि अध्यागमनको सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म
फिफा विश्वकप : मोरक्कोको हाइटीमाथि ४-२ को रोमाञ्चक जित
फिफा विश्वकप : मोरक्कोको हाइटीमाथि ४-२ को रोमाञ्चक जित
धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा  समस्या देखिएपछि काठमाडौँ फर्कियो
धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौँ फर्कियो
पाल्पामा बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु
पाल्पामा बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु
मुम्बई पुर्‍याएर युवती बेचेको आरोपमा ३० वर्षपछि समातिए ६७ वर्षीय वृद्ध
मुम्बई पुर्‍याएर युवती बेचेको आरोपमा ३० वर्षपछि समातिए ६७ वर्षीय वृद्ध
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
इशान र दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य
इशान र दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य
जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु
जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु
प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस
प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस