१० श्रावण २०८२, शुक्रबार

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप पुगे उच्च अदालत

१० फागुन, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् ।

बिहीबार कानुन व्यवसायीका साथ सन्दीप आफैँ उच्च अदालत पुगेका हुन् । सन्दीप लामिछानेले काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालतमा पुनरावेदन गर्न लागेको उनका कानुन व्यवसायी तथा अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए । उनले भने, ‘हामी उच्च अदालतमा आएका छौँ, काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित पुनरावेदन दिन लागेका हौँ, निवेदन दर्ता प्रक्रिया अघि बढ्दैछ ।’ काठमाडौँ जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष जेल सजायको फैसला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?