स्वास्थ्यमन्त्री गौतमद्वारा भेरी अस्पतालको अनुगमन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २६, २०८२
|
|
१२० पटक हेरिएको
Shares
स्वास्थ्यमन्त्री गौतमद्वारा भेरी अस्पतालको अनुगमन

सारांश

  • स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.
  • सुधा गौतमले नेपालगञ्ज उपमहानगरपालिका–१० मा रहेको भेरी अस्पतालको अनुगमन गरेकी छन् ।
  • सोमबार अस्पतालको अनुगमन गर्दै मन्त्री गौतमले अस्पतालमा बेड संख्या बढाउनुपर्ने आवश्यकता रहेको बताइन् ।

 

२६ माघ, बाँके ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालगञ्ज उपमहानगरपालिका–१० मा रहेको भेरी अस्पतालको अनुगमन गरेकी छन् । सोमबार अस्पतालको अनुगमन गर्दै मन्त्री गौतमले अस्पतालमा बेड संख्या बढाउनुपर्ने आवश्यकता रहेको बताइन् । उनले अस्पतालमा सेवा विस्तार आवश्यक भए पनि वर्तमान आर्थिक अवस्थाका कारण नयाँ भौतिक संरचना निर्माणमा चुनौती रहेको उल्लेख गरिन्।

मन्त्री गौतमले भनिन्, ‘अस्पतालहरूमा बेड बढाउनुपर्ने कुरामा कुनै दुविधा छैन । तर अहिलेको आर्थिक अवस्थाका कारण नयाँ संरचना निर्माणका लागि अर्थ मन्त्रालयबाट स्वीकृति लिन र स्रोत व्यवस्थापन गर्न कठिनाइ छ । तथापि, यस विषयलाई म प्राथमिकतामा राख्नेछु ।’ उनले स्वास्थ्य सेवा प्रभावकारी बनाउन विद्यमान स्रोत र संरचनाको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिँदै अस्पताल प्रशासनसँग सेवा प्रवाहलाई थप व्यवस्थित र जनमैत्री बनाउन निर्देशन दिइन् । अनुगमनका क्रममा मन्त्री गौतमले अस्पतालको सेवा अवस्था, जनशक्ति, पूर्वाधार तथा बिरामीलाई प्रदान गरिने सुविधाबारे जानकारी लिएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?