रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेकी हुँ : सुशीला कार्की

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १९, २०८२
|
|
५१ पटक हेरिएको
Shares
रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेकी हुँ : सुशीला कार्की

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेको बताएकी छन् ।
  • सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने, मुलुकमा थप द्वन्द्व चर्किन नदिन, जनधनको क्षति रोक्न आफू प्रधानमन्त्री बनेको बताएकी हुन् ।
  • प्रधानमन्त्री कार्कीले भनिन्, ‘म पहिलो पटक संसदमा आएको हुँ ।

 

१९ माघ, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेको बताएकी छन् । सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने, मुलुकमा थप द्वन्द्व चर्किन नदिन, जनधनको क्षति रोक्न आफू प्रधानमन्त्री बनेको बताएकी हुन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘म पहिलो पटक संसदमा आएको हुँ । यो मेरो इच्छा होइन, परिस्थितिको परिणामहो । जेन–जी आन्दोलनबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने, मुलुकमा थप द्वन्द्व चर्किन नदिन, जनधनको क्षति रोक्न तथा राज्यलाई पुनः संवैधानिक लयमा फर्काउने उद्देश्यले प्रधानमन्त्री बनेको हुँ ।’

उनले प्रतिनिधिसभा विघटन भएको र सरकारले २०८२ फागुन २१ गते तोकिएकै मितिमा निष्पक्ष, स्वतन्त्र र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्धता जनाएको बताइन् । प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो दुःख व्यक्त गरिन् । आफू कुनै शासकीय आकांक्षा वा पदको लोभले प्रधानमन्त्री नबनेको स्पष्ट गर्दै उनले विथोलिएको संवैधानिक व्यवस्थालाई सही मार्गमा फर्काउन र देशलाई संकटबाट जोगाउन विशम परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताइन् । उनले भनिन्, ‘जेनजी आन्दोलनमा ज्यान गुमाउनु भएका शहीदहरुप्रति सम्मान प्रकट गर्दै परिवारजनमा गहिरो दुख व्यक्त गर्दछु । म कुनै शासकिय आकांक्षा बोकेर कुनै पदको लालचमा प्रधानमन्त्री बनेको होइन । विथोलिएको संवैधानिक व्यवस्थालाई ट्रयाकमा ल्याउनका लागि र देशलाई संकटबाट बचाउन विशम परस्थितीमा मैले प्रधानमन्त्रीको जिम्मेवारी लिएकी हुँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छौ : प्रधानमन्त्री
उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छौ : प्रधानमन्त्री
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
यातायात व्यवस्था कार्यालय बाराबाट दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लागि लिखित र ट्रायल सँचालन हुदै
यातायात व्यवस्था कार्यालय बाराबाट दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लागि लिखित र ट्रायल सँचालन हुदै
भारतिय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी, वानखेडे स्टेडियममा मेस्सीको भव्य स्वागत
भारतिय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी, वानखेडे स्टेडियममा मेस्सीको भव्य स्वागत
बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से
साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से
तिलोत्तमामा कारको ठक्करबाट विद्यार्थीको मृत्यु
तिलोत्तमामा कारको ठक्करबाट विद्यार्थीको मृत्यु
कञ्चनपुर कारागारमा तनाव, ८ जना घाइते
कञ्चनपुर कारागारमा तनाव, ८ जना घाइते
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृ*त्यु
मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृ*त्यु