कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २७१४ अंकमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ८, २०८२
|
|
३० पटक हेरिएको
Shares
कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २७१४ अंकमा

सारांश

  • साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ९.
  • २३ अंक बढेको छ ।
  • सो वृद्धिपछि नेप्से परिसूचक २७१४ अंकमा कायम भएको छ ।

८ माघ, काठमाडौं ।

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ९.२३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७१४ अंकमा कायम भएको छ । आज कारोबारका क्रममा अन्तिम आधा घण्टामा बजार बढेको हो । अघिल्लो दिन बजार ९.४३ अंक घटेको थियो । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ७ करोडको भयो ।

१६२ कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने १० को स्थिर रह्यो । बैंकिङ समूह ०.३१ तथा व्यापार १.१५ प्रतिशत घटे । फाइनान्स समूह सबैभन्दा धेरै २.३८ प्रतिशत बढ्यो । विकास बैंक १.५१, होटल तथा पर्यटन १.२६, हाइड्रोपावर ०.८६, लगानी ०.०९, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन १.३५, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.२३ तथा अन्य समूह ०.३६ प्रतिशत बढे ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा एसवाई प्यानल, श्रीनगर एग्रिटेक, त्रिशुली जलविद्युत् कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक छन् । एक्सल डेभलपमेन्ट बैंकको ९.८७, रावा इनर्जीको ९, झापा इनर्जीको ८.४७ तथा बन्दीपुर केबुलकारको ८.२९ प्रतिशत मूल्य बढ्यो । कालिका पावरको सबैभन्दा धेरै ६.२५ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, मञ्जुश्री फाइनान्स, एसवाई प्यानल, बन्दीपुर केबुलकार र श्रीनगर एग्रिटेक छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध
गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध
सबैको रेकर्ड तोड्दै पुष्पाः२ ले पहिलो दिनमा कमायो झन्डै तीन सय करोड
सबैको रेकर्ड तोड्दै पुष्पाः२ ले पहिलो दिनमा कमायो झन्डै तीन सय करोड
गाडिएको अवस्थामा नातिनीको शव फेला परेको घटनामा मावली हजुरबुबा पक्राउ
आजदेखि न्युरोड क्षेत्रको सडकमा पार्किङ निषेध
आजदेखि न्युरोड क्षेत्रको सडकमा पार्किङ निषेध
बालकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा आन्दोलन र तोडफोड
बालकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा आन्दोलन र तोडफोड
मोटरसाइकलको ठक्करबाट १ जनाको मृ*त्यु, २ घाइते
मोटरसाइकलको ठक्करबाट १ जनाको मृ*त्यु, २ घाइते
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
कांग्रेस विशेष महाधिवेशन : ३६ सयलाई आवास, खानामा मटन र चिकेन
कांग्रेस विशेष महाधिवेशन : ३६ सयलाई आवास, खानामा मटन र चिकेन