जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट
४ माघ, काठमाडौं ।
अघिल्लो निर्वाचनमा सीके राउत नेतृत्वको जनमत पार्टीबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्रीसमेत बनेका सतिश कुमार सिंह आगामी निर्वाचनमा एमालेबाट उम्मेदवार बन्ने टुंगो लागेको छ। एमालेले सिंहलाई सप्तरी २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउने निर्णय शनिबारको सचिवालय बैठकबाट गरेको हो। सिंह पछिल्लो समय जनमतका अध्यक्ष राउतसँग रुष्ट थिए। मुख्यमन्त्री छाडेलगत्तै उनले जनमत पार्टीसमेत परित्याग गरिसकेका छन्।

०७९ को निर्वाचनमा राउत सप्तरी क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ बाट निर्वाचित भएका थिए। उनै राउतलाई एमालेले यसपटक संघीय सांसद बनाउनेगरि आफ्नो पार्टीबाट उम्मेदवार बनाएको हो। त्यतिबेला प्रदेशसभा सदस्यमा सिंह १६ हजार ७ सय ३४ मत प्राप्त गरेर विजयी हुँदा जसपाका शैलेन्द्रप्रसाद साहले ८ हजार २ सय ९२ मत प्राप्त गरेका थिए। ०७९ मा सप्तरी २ बाट जनमतका अध्यक्ष सीके राउत प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। जसपाका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गर्दै त्यतिबेला राउत सांसदमा विजयी भएका थिए। एमालेले सप्तरी २ बाट आगामी निर्वाचनमा सीके राउतलाई पराजित गर्नेगरि सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। तर, राउत कहाँबाट उम्मेदवार बन्छन् टुंगो लागिसकेको छैन।




Post Comment