महावीर झण्डाको कलश यात्राका क्रममा सम्सीमा दुई समुदायबीच झडप, ३ जना घाईते
५ फागुन, महोत्तरी। महोत्तरीको सम्सी गाउँपालिका-२ पर्षामा महावीर झण्डाको कलश यात्राका क्रममा दुई समुदायबीच झडप भएको छ ।
सम्सी गाउँपालिका १ बाट सुरु भएको कलश यात्रा वडा नं. २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको हो । झडपका क्रममा ३ जना सामान्य घाइते भएका छन् ।घाइते हुनेमा अस्मिता खातुन,गुलशान खातुन,इजराईल नदाफ घाइते भएको प्रहरीले जनाएको छ। झडप नियन्त्रणका लागि प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटना स्थलमा अहिले व्यापक सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूले स्थितिलाई नियन्त्रणमा लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
Post Comment