उकालो लाग्यो सेयरबजार, झण्डै ७ अर्बको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २९, २०८२
|
|
६२ पटक हेरिएको
Shares
उकालो लाग्यो सेयरबजार, झण्डै ७ अर्बको कारोबार

सारांश

  • सेयरबजार मंगलबार ४.
  • ९० अंकले बढेर २६३९.
  • ९१ विन्दुमा पुगेको छ।

 

२९ पुस, काठमाडौं ।

सेयरबजार मंगलबार ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा पुगेको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार बढेको बजारमा कारोबार रकम पनि उकालो लागेको छ। मंगलबार ६ अर्ब ९९ करोडको कारोबार भएको हो। कुल १ करोड ३६ लाख कित्ता बिक्रीपछि यो परिमाणमा कारोबार भएको नेप्सेले जनाएको छ। यस दिन ११८ वटा सेयरको मूल्य बढ्दा १३४ वटाको घटेको र ८ वटाको स्थिर छ।

थ्रिस्टार हाइड्रो, दोर्दीखोला जलविद्युत्, सुपरमादी हाइड्रोलगायतको सेयर १० प्रतिशतसम्मले बढेको छ। तर रसुवागढी हाइड्रो, नारायणी विकास बैंक, विन नेपाल लघुवित्तलगायतको सेयर अधिकतम ६.०९ प्रतिशतसम्मले घटेको छ।  कारोबारमा आज राधी विद्युत् अगाडि छ। कम्पनीको ५४ करोडको कारोबार भएको छ। त्यसैगरी एसवाई प्यानल ३४ करोड, बुटवल पावर कम्पनी २८ करोड, श्रीनगर एग्रिटेक २६ करोड र दोर्दीखोला हाइड्रोको २५ करोडको कारोबार भएको छ। आज विकास बैंक, जलविद्युत्, लगानी, सामूहिक लगानी कोष, निर्जीवन बीमा, अन्य र व्यापार सूचक बढेका छन् भने बाँकी घटेको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?