९ चैत्र २०८२, सोमबार

राष्ट्रपतिकी छोरीले कांग्रेसको बन्दसूचीबाट नाम फिर्ता लिइन्

२९ पुस, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिएकी छन्।

सोमबार निर्वाचन आयोग पुगेर उनले नाम फिर्ता लिएकी हुन्। उनी खस आर्यबाट महिलातर्फ समानुपातिक सूचीमा थिइन्। प्रतिनिधि सभाको समानुपातिक उम्मदेवारका लागि कांग्रेसले पुस १४ मा निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा संज्ञाको पनि नाम थियो। कास्कीबाट प्रतिनिधित्व गर्ने उनी नेपाल महिला संघको राजनीतिमा सक्रिय छिन्।

Post Comment

छुटाउनुभयो कि ?