रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष २४, २०८२
|
|
३० पटक हेरिएको
Shares
रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
  • बिहीबार बिहान राप्रपाका अध्यक्ष लिङ्देन भेटवार्ताका लागि रवि निवास पुगेका हुन् ।
  • उनीहरूबीच पछिल्लो राजनीतिक अवस्था, फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलगायत विषयमा कुराकानी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

२४ पुस, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । बिहीबार बिहान राप्रपाका अध्यक्ष लिङ्देन भेटवार्ताका लागि रवि निवास पुगेका हुन् । उनीहरूबीच पछिल्लो राजनीतिक अवस्था, फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलगायत विषयमा कुराकानी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज एकाबिहानै संवादमा, चुनावबारे कुनै आशंका छ र ! कुरा यहाँबाट सुरू भयो है ।’ राप्रपा अध्यक्ष लिङ्देनले हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीमा चियापान कार्यक्रम गर्दै आएको छ । सोही कार्यक्रमका लागि निम्तो दिन अध्यक्ष लिङ्देन अरू दलका शीर्ष नेताहरू भेटघाटका क्रममा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा
काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू
उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् : प्रधानमन्त्री ओली
उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् : प्रधानमन्त्री ओली
नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित)
नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित)
सुनिता डंगोल भन्छिन्– स्टन्ट र गाली गरेर देश बन्दैन
सुनिता डंगोल भन्छिन्– स्टन्ट र गाली गरेर देश बन्दैन
सर्लाहीसहित देशका केही ठाउँमा तेज वर्षा
सर्लाहीसहित देशका केही ठाउँमा तेज वर्षा
प्रतिनिधिसभा बैठक : शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
प्रतिनिधिसभा बैठक : शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
१० वर्षीया बालिकाको हत्या अरोपमा बर्दियाबाट एक जना पक्राउ
१० वर्षीया बालिकाको हत्या अरोपमा बर्दियाबाट एक जना पक्राउ