क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आसन्न निर्वाचन सशक्त बहिस्कारको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष १६, २०८२
|
|
३३ पटक हेरिएको
Shares
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आसन्न निर्वाचन सशक्त बहिस्कारको घोषणा

सारांश

  • क्रान्तिकारी कम्युनिस्ट पार्टीले नयाँ पुराना दुबै शक्ति जो आए पनि विदेशी कठपुतली बन्ने भन्दै आसन्न निर्वाचनलाई सशक्त बहिस्कार गर्ने घोषणा गरेको छ ।
  • पार्टीको काठमाडौं जिल्ला समितिले बुधबार राजधानीमा आयोजाना गरेका पत्रकार सम्मेलनमा नयाँ राजनीतिक शक्ति भनिएकाले चुनाव जितेपछि ‘नेपाली जेलेन्स्की’ तयार हुने र नेपाल युक्रेन बन्ने दाबी समेत गर्यो ।
  • पार्टीका पोलिटब्युरो सदस्य दिनेश शर्माले जेनजी दान्दोलन जनपक्षीय भएपनि त्यसको बलमा बनेको सरकारले अन्ततः पुरानै दिशातिर फर्काउने निश्चित भएकोले बहिस्कार गर्न बाध्य भएको जनाए ।

१६ पुष, काठमाडौं ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले नयाँ पुराना दुबै शक्ति जो आए पनि विदेशी कठपुतली बन्ने भन्दै आसन्न निर्वाचनलाई सशक्त बहिस्कार गर्ने घोषणा गरेको छ । पार्टीको काठमाडौं जिल्ला समितिले बुधबार राजधानीमा आयोजाना गरेका पत्रकार सम्मेलनमा नयाँ राजनीतिक शक्ति भनिएकाले चुनाव जितेपछि ‘नेपाली जेलेन्स्की’ तयार हुने र नेपाल युक्रेन बन्ने दाबी समेत गर्यो । पार्टीका पोलिटब्युरो सदस्य दिनेश शर्माले जेनजी दान्दोलन जनपक्षीय भएपनि त्यसको बलमा बनेको सरकारले अन्ततः पुरानै दिशातिर फर्काउने निश्चित भएकोले बहिस्कार गर्न बाध्य भएको जनाए ।

‘२०१५ सारलदेखि अहिलेसम्म चुनाव भए अरबौं राष्ट्रिय ढुकुटी सकेर खर्च गरेपनि आखिर उहि विदेशी कठपुतलित निर्वाचित भए, के अब यस किसिमको संसदीय चुनवाको औचित्य समाप्त भएन र भन्या ?’ शर्माले भने ।
पुराना राजनीतिक पार्टीसँग जनताले आशा नै मारिसकेको बताउँदै शर्माले भने, ‘नयाँको पनि गति र मति देख्दा पुरानभन्दा झन् खतरनाख ‘जेलेन्स्की’ तयार हुँदैछन्, यस्तो किसिमका विदेशी कठपुतली बनाउने चुनाब वहिस्कार नगरि के गर्ने’ शर्माले थपे ।

पार्टीका काठमाडौं जिल्ला सचिव केदार खतिवडाले यही व्यवस्थामा हुने निर्वाचनले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्या समाधान गर्न नसक्ने भएकाले बहिस्कारको विकल्प नरहेको बताए ।
आगामी संसदीय निर्वाचनले देशलाई अझ गहिरो संकट तर्फ धकेल्ने निश्चित भएको जनाउँदै खतिवडाले भने, ‘सुशीला कार्कीले नेतृत्व गरेको कठपुतली सरकारले निर्वाचनमार्फत पुराना र नयाँ दलालहरुलाई सत्ताको ठेकेदार बनाउँदै साम्राज्यवादी हैकमलाई मजबुत पार्ने षड्यन्त्र भएकोले यो निर्वाचनलाई हाम्रो पार्टी सशक्त बहिस्कार गर्दछ ।’ पार्टीका केन्द्रीय सदस्य पेशल दाहालले वर्तमान सत्ता जनपक्षीय नभई प्रतिक्रियावादी दलाल संसदीय व्यबस्था भएको आरोप लगाए । ‘यो जनविरोधी व्यवस्था नफालीकन न त राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सक्छौं, न त भ्रष्टाचारको पुर्ण उन्मुलन सम्भव छ न त सुसाशनको सम्भावना’ दाहालले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको आश्वासनपछि सुकुमवासी– मुठभेड खोजेका होइनौं, समस्या समाधान होस्
प्रधानमन्त्रीको आश्वासनपछि सुकुमवासी– मुठभेड खोजेका होइनौं, समस्या समाधान होस्
प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकमाथि हातपात, ओपिडी सेवा बन्द
प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकमाथि हातपात, ओपिडी सेवा बन्द
ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई गोल्छा ग्रुपले दियो २० थान मोटरसाइकल
ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई गोल्छा ग्रुपले दियो २० थान मोटरसाइकल
सर्वोच्च अदालतले मगाएको महान्यायाधिवक्ताको दोस्रो निर्णयमा के छ ?
सर्वोच्च अदालतले मगाएको महान्यायाधिवक्ताको दोस्रो निर्णयमा के छ ?
एक महिनामै भित्रियो २ खर्ब रेमिट्यान्स, हालसम्मकै धेरै
एक महिनामै भित्रियो २ खर्ब रेमिट्यान्स, हालसम्मकै धेरै
सुरु भयो प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता
सुरु भयो प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता
जनमतले माग्यो सभामुखको राजीनामा
जनमतले माग्यो सभामुखको राजीनामा
मौसम पूर्वानुमान : हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान : हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
चैते दसैँमा बागलुङ कालिकामा ४२ लाख भेटी संकलन
चैते दसैँमा बागलुङ कालिकामा ४२ लाख भेटी संकलन