सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

१०.५३ अंक घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १४, २०८२
|
|
४० पटक हेरिएको
Shares
१०.५३ अंक घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो

सारांश

  • आइतबार उच्च अंकले बढेको सेयर बजारमा सोमबार ‘करेक्सन’ आएको छ ।
  • १०.
  • ५३ अंकले घटेको बजार २६२२.

 

१४ पुस, काठमाडौं ।

आइतबार उच्च अंकले बढेको सेयर बजारमा सोमबार ‘करेक्सन’ आएको छ । १०.५३ अंकले घटेको बजार २६२२.८८ बिन्दुमा ओर्लिएर रोकियो । आज सोमबार ०.८८ प्रतिशतले बजारमा गिरावट आएको हो । आज विकास बैंक र म्युचअल फन्डबाहेक सबै उपसूचकको मूल्य घटेको छ । सबैभन्दा धेरै ‘अन्य’ उपसूचकका लगानीकर्ताले ०.८२ प्रतिशतले गुमाएका छन् । सोमबार ३ सय ३७ धितोपत्रको ६९ हजार ५ सय ४८ कारोबारबाट १ करोड ३७ हजार ३ सय ७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबार रकम ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँमा खुम्चिएको छ । आइतबार ४७ अंकले बढेको बजारमा ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । सोमबार एसवाई प्यानल नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यस धितोपत्रको मूल्य प्रतिकित्ता ८ सय ८० रुपैयाँ पुगेको छ । यसबाहेक ग्लोबल आइएमई समुन्नत योजना-२, कर्पोरेट विकास बैंक लिमिटेड, सप्तकोशी विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंकसहित धितोपत्रको मूल्य समेत धेरैले बढेको छ । सोमबार सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाए । यो धितोपत्रको मूल्य १० प्रतिशतले गिरावट आइ १४९६.१० रुपैयाँ कायम भएको छ । त्यस्तै सुपर मादी हाइड्रो, मानुषी लुघवित्त वित्तीय संस्था, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंकसहित धितोपत्रको मूल्यमा समेत आज धेरै गिरावट आएको छ । धेरै कारोबार भएको धितोपत्र समेत एसवाई प्यानल लिमिटेड छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?