बांगलादेशविरुद्ध साधुसन्तसहित हिन्दू समुदायको जनकपुरधाममा प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १०, २०८२
|
|
३५ पटक हेरिएको
Shares
बांगलादेशविरुद्ध साधुसन्तसहित हिन्दू समुदायको जनकपुरधाममा प्रदर्शन

सारांश

  • जनकपुरधामका साधुसन्तहरुको अगुवाईमा हिन्दू समुदायले बांगलादेश विरुद्ध विरोध र्याली निकालेको छ ।
  • बिहीबार जनकपुरधामका साधुसन्तहरुको अगुवाईमा विभिन्न हिन्दूवादी संघ संस्थाका सदस्यसहित जनकपुरधामका स्थानीय हिन्दू समुदायले विरोध र्याली निकालेको छ ।
  • बांगलादेशमा हिन्दू समुदायका युवा दिपु दासको निर्ममतापूर्वक हत्या गरिएको विरोधमा जनकपुरधाममा विरोध र्याली निकालिएको छ ।

१० पुष, जनकपुर ।

जनकपुरधामका साधुसन्तहरुको अगुवाईमा हिन्दू समुदायले बांगलादेश विरुद्ध विरोध र्याली निकालेको छ । बिहीबार जनकपुरधामका साधुसन्तहरुको अगुवाईमा विभिन्न हिन्दूवादी संघ संस्थाका सदस्यसहित जनकपुरधामका स्थानीय हिन्दू समुदायले विरोध र्याली निकालेको छ ।बांगलादेशमा हिन्दू समुदायका युवा दिपु दासको निर्ममतापूर्वक हत्या गरिएको विरोधमा जनकपुरधाममा विरोध र्याली निकालिएको छ ।  र्यालीमा बांगलादेश सरकार मुर्दाबाद, हिन्दूलाई मार्न पाईँदैन, जाग हिन्दू जाग, हत्यारालाई फाँसी दे लगायतका नारा लगाउँदै जनकपुरधामको विभिन्न चोकहरुको हुँदै र्याली निकालिएको छ ।

जानकी मन्दिरबाट सुरु भएको विरोध र्याली जनकपुरधामस्थित राम मन्दिर प्राङ्गनमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै रामानन्दिय वैष्णव समाजका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले बांगलादेश सरकारलाई दिपु साहको हत्यामा संलग्नहरुलाई सजाय दिन नेपालबाट कुटनीतिक पहल गर्न दबाब सृजना गर्न आजको विरोध र्याली गरेको जानकारी दिए । दिपु दासलाई जिउँदै जलाइएको जस्तै, उनको हत्यामा संलग्न हत्याराहरुलाई दिपु दास सरह फाँसी दिई जलाउनु पर्ने अध्यक्ष दासले माग गरेका छन्। केही दिन अघि बांगलादेशमा हिन्दू समुदायका युवा दिपु दासको निर्ममतापूर्वक कुटपिट गरी जिउँदै जलाइएको थियो । सोहीको विरोधमा नेपालका विभिन्न सहरहरुमा निरन्तर बांगलादेश विरुद्ध विरोध तथा प्रदर्शन हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२५ सुरु
आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२५ सुरु
कसले के गर्दा नेपाल ग्रे लिस्टमा पर्‍यो, छिट्टै सदनमा प्रस्तुत गर्छु : अर्थमन्त्री पौडेल
कसले के गर्दा नेपाल ग्रे लिस्टमा पर्‍यो, छिट्टै सदनमा प्रस्तुत गर्छु : अर्थमन्त्री पौडेल
एमाले केन्द्रिय कमिटीको बैठक शुरु, यि हुन् छलफलका विषय
एमाले केन्द्रिय कमिटीको बैठक शुरु, यि हुन् छलफलका विषय
विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्दै
विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्दै
शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त
शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त
क्यानाडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु
क्यानाडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु
महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री
महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले आज मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देश गर्ने
प्रधानमन्त्री ओलीले आज मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देश गर्ने
रौतहटमा भारी मात्रामा पटाका पक्राउ
रौतहटमा भारी मात्रामा पटाका पक्राउ
प्रधानमन्त्रीको चीन भ्रमणले विमानस्थल आधा घण्टा बन्द
प्रधानमन्त्रीको चीन भ्रमणले विमानस्थल आधा घण्टा बन्द