Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

वडा अधिवेशन सारेर तोकिएको मितिमा महाधिवेशन गर्न गगनको प्रस्ताव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ९, २०८२
|
|
४८ पटक हेरिएको
Shares
वडा अधिवेशन सारेर तोकिएको मितिमा महाधिवेशन गर्न गगनको प्रस्ताव

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन कार्यतालिकामा रहेको वडा अधिवेशन पुस १६ गतेबाट २१ गतेमा सारी तोकिएकै मितिमा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
  • कार्यसम्पादन समितिको बुधबारको बैठकमा महामन्त्री थापाले २१ गते वडा अधिवेशन, २३ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गरी पुष २६ मै केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।
  • “अहिलेसम्म महाधिवेशनका लागि हुनुपर्ने कामहरू गरिएका छैनन् ।

९ पुष, काठमाडौं ‌।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन कार्यतालिकामा रहेको वडा अधिवेशन पुस १६ गतेबाट २१ गतेमा सारी तोकिएकै मितिमा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । कार्यसम्पादन समितिको बुधबारको बैठकमा महामन्त्री थापाले २१ गते वडा अधिवेशन, २३ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गरी पुष २६ मै केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् । “अहिलेसम्म महाधिवेशनका लागि हुनुपर्ने कामहरू गरिएका छैनन् ।पार्टीको विधान संशोधनका लागि मस्यौदा संशोधन समितिसमेत गठन भएको छैन,” थापाले भने, “हामी नेतृत्व परिवर्तन नगरी चुनावमा जान सक्दैनौँ ।

अब हाम्रो महाधिवेशन हाम्रो मात्रै होइन आम नागरिकको सरोकारको विषय बनिसकेको छ । त्यसकारण तीन तहका महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न सकिन्छ ।” उनले विगतमा पनि थुप्रै जिल्लामा केन्द्रीय महाधिवेशनपछि जिल्ला अधिवेशन भएको भन्दै अहिले पनि पालिका अधिवेशन, प्रदेशसभा, क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन र सात प्रदेशको अधिवेशन निर्वाचनभन्दा पछि गर्न सकिने बताए । आफूले प्रस्ताव गरेको विकल्प प्रस्ताव अमान्य भए विशेष महाधिवेशन कसैले रोक्न नसक्ने उनको भनाइ छ । “तीन तहको महाधिवेशन गरेर नेतृत्व परिवर्तनसहित निर्वाचनमा जान सहमत भए मैले विकल्प प्रस्ताव गरेको छु,” थापाले भने, “नत्र विशेष महाधिवेशनको प्रस्ताव विधानतः दर्ता छ । विशेष महाधिवेशन कसैले रोक्न सक्दैन ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७८ हजार घुससहित पक्राउ परेका प्रशासकीय अधिकृत विरुद्ध अख्तियारमा मुद्दा दायर
७८ हजार घुससहित पक्राउ परेका प्रशासकीय अधिकृत विरुद्ध अख्तियारमा मुद्दा दायर
मन्त्री बनेपछि पुराना साथीहरूसँगको सम्बन्ध घट्यो, तनाव पनि बढ्यो : सञ्चारमन्त्री खरेल
मन्त्री बनेपछि पुराना साथीहरूसँगको सम्बन्ध घट्यो, तनाव पनि बढ्यो : सञ्चारमन्त्री खरेल
काठमाडौंको जमलमा तीन वटा सवारी आपसमा ठोक्किए
काठमाडौंको जमलमा तीन वटा सवारी आपसमा ठोक्किए
यस्ता छन् सरकारले मुख्य प्राथमिकतामा राखेका १२ नीति र कार्यक्रम
यस्ता छन् सरकारले मुख्य प्राथमिकतामा राखेका १२ नीति र कार्यक्रम
रौतहटमा दुर्गा मेलाबाट पेस्तोलसहित एकजना पक्राउ
रौतहटमा दुर्गा मेलाबाट पेस्तोलसहित एकजना पक्राउ
सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?
बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद सापकोटा
बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद सापकोटा
प्रचण्डले गरे सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन
प्रचण्डले गरे सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन
एमाले सांसद भन्छन्- बेरुजुका कारण सरकारको कार्यक्षमतामागि प्रश्न उठ्यो
एमाले सांसद भन्छन्- बेरुजुका कारण सरकारको कार्यक्षमतामागि प्रश्न उठ्यो
आलमको निधनप्रति कांग्रेस गहिरो दुःखमा, ३ दिने शोक कार्यक्रम घोषणा
आलमको निधनप्रति कांग्रेस गहिरो दुःखमा, ३ दिने शोक कार्यक्रम घोषणा