Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ६, २०८२
|
|
४५ पटक हेरिएको
Shares
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

सारांश

  • मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् ।
  • आज मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजन मार्फत निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
  • विपक्षमा भने २४ मत परेको छ ।

 

६ पुस, जनकपुरधाम ।

मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आज मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजन मार्फत निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । विपक्षमा भने २४ मत परेको छ । आज सदनमा जम्मा ९६ सांसद उपस्थित थिए ।

सभामुखको आशनमा बसेकी उपसभामुख बबिता राउत इशरले यादव निर्वाचित भएको घोषणा गरेकी छिन् । रामअशिष यादवलाई सभामुख निर्वाचित गर्न नेपाली काँग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले प्रस्ताव गरेका थिए । सुरुमै रामअशिष यादवलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा बहमुतले निर्वाचित भएकोमा सभामुखका अर्का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्ताव अघि भने बढाइएन ।

सभामुखमा निर्वाचित यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । यसअघि नेकपा एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डललाई सातलीय गठबन्धनले पद अनुकुल अचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाई बहुमतबाट पदमुक्त गराएका थिए । त्यसपछि सो पद रिक्त रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः पहिलो सेमिफाइलमा गण्डकी विजयी
मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः पहिलो सेमिफाइलमा गण्डकी विजयी
अमेरिका विरुद्धको खेलमा नेपालको लगातार दोस्रो जित,
अमेरिका विरुद्धको खेलमा नेपालको लगातार दोस्रो जित,
बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा
बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा
प्रहरीले भृकुटीमण्डपबाट हटाउन खोजेपछि विथोलियो मिटरब्याज पीडितसँगको वार्ता
प्रहरीले भृकुटीमण्डपबाट हटाउन खोजेपछि विथोलियो मिटरब्याज पीडितसँगको वार्ता
मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा
मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा
सहकारी कानुन पुनरावलोकन गर्ने काठमाडौं महानगरको तयारी, विज्ञले दिए १४ बुँदे सुझाव
सहकारी कानुन पुनरावलोकन गर्ने काठमाडौं महानगरको तयारी, विज्ञले दिए १४ बुँदे सुझाव
मौसम पूर्वानुमान: आज मौसम सफा रहने
मौसम पूर्वानुमान: आज मौसम सफा रहने
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै