सर्लाही सहित तराई-मधेसमा ह्वात्तै चिसो बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष ५, २०८२
|
|
५८ पटक हेरिएको
Shares
सर्लाही सहित तराई-मधेसमा ह्वात्तै चिसो बढ्यो

सारांश

  • तराई–मधेसमा हिजोदेखि चिसो ह्वात्तै बढेपछि जनजीवन प्रभावित भएको छ।
  • बिहानैदेखि घाम नलागी चिसो हावा चलेको कारण मानिसहरू घरबाहिर कमै मात्र देखिएका छन्।
  • मलंगवाका बजार र मुख्य मार्गहरूमा सामान्यतया हुने चहलपहल घटेको छ।

सर्लाही, ०५ पुष।

तराई–मधेसमा हिजोदेखि चिसो ह्वात्तै बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि घाम नलागी चिसो हावा चलेको कारण मानिसहरू घरबाहिर कमै मात्र देखिएका छन्।

मलंगवाका बजार र मुख्य मार्गहरूमा सामान्यतया हुने चहलपहल घटेको छ। सधैंजसो भीड हुने जिल्ला अदालत, प्रशासन कार्यालयलगायतका सार्वजनिक सेवा केन्द्रमा सेवाग्राहीको संख्या हिजो शुक्रबार न्यून देखियो।

बिहानको चिसो र हल्का हुस्सुका कारण यातायातसमेत प्रभावित भएको छ। जिल्ला ट्राफिक कार्यालयले दुर्घटना नहोस् भनी चालक तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ।

जिल्ला जनस्वास्थ्य कार्यालयले चिसोका कारण स्वास्थ्य जोखिम बढ्ने भन्दै बालबालिका र वृद्धवृद्धामाथि विशेष ध्यान दिन स्थानीयलाई सचेत गराएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८ बजे मलंगवाको तापक्रम १३ डिग्री सेल्सियस मापन गरिएको छ। हिजो यही समयमा न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालको बेडबाट शिक्षक आन्दोलनकी घाइते पत्रकार भन्छिन्- दाहिने आँखा हेर्नै मिल्दैन
अस्पतालको बेडबाट शिक्षक आन्दोलनकी घाइते पत्रकार भन्छिन्- दाहिने आँखा हेर्नै मिल्दैन
कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन : विश्वप्रकाश शर्मा
कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन : विश्वप्रकाश शर्मा
डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै
डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै
६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब बढि
६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब बढि
चामल किन्न नपरेको अभिव्यक्तिका कारण कृषिमन्त्रीले दिए राजीनामा
चामल किन्न नपरेको अभिव्यक्तिका कारण कृषिमन्त्रीले दिए राजीनामा
क्याम्पस सभापति यादवको पद खारेजी माग गर्दै जिल्ला अदालतमा रिट
क्याम्पस सभापति यादवको पद खारेजी माग गर्दै जिल्ला अदालतमा रिट
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
देशभर आंशिक बदली, कोशी र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर आंशिक बदली, कोशी र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत जाने
कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत जाने