Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

लघुवित्त तथा मिटरब्याज पीडितले मागे गभर्नरको राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ४, २०८२
|
|
३८ पटक हेरिएको
Shares
लघुवित्त तथा मिटरब्याज पीडितले मागे गभर्नरको राजीनामा

सारांश

  • जेनजी आन्दोलनपछि लघुवित्त तथा मिटरब्याज पीडितले पनि राष्ट्र बैंकका गभर्नर डा.
  • विश्वनाथ पौडेलको राजीनामा मागेका छन् ।
  • शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पुष ७ गतेदेखि राजधानी केन्द्रीत आन्दोलनको घोषणासमेत गरेको छ ।

काठमाडौं ।

जेनजी आन्दोलनपछि लघुवित्त तथा मिटरब्याज पीडितले पनि राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलको राजीनामा मागेका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पुष ७ गतेदेखि राजधानी केन्द्रीत आन्दोलनको घोषणासमेत गरेको छ । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समित नेपाल’ र ‘मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन’ मिलेर बनेको ‘संयुक्त जनअधिकार आन्दोलन नेपाल’ले पुष ७ गते काठमाडौं केन्द्रीत आन्दोलन गर्ने घोषण गरेको हो ।
संघर्ष समितिका उपाध्यक्ष मणिप्रसाद चौलागाईले बिगतमा पीडितका मागहरुको संबोधन गर्न सरकार तयार हुँदासमेत गभर्नर पीडककै पक्षमा लागेर आफूहरुलाई अन्याय गरेको जिकिर गरेका छन् ।

डा.निलम ढुङगानाको नेतृत्वमा २०८१ असार २६ गते पारित लघुवित्त पीडितको प्रतिवेदन सार्वजनिक र कार्यान्वयन नगरिएकाले पीडितहरु आक्रोशित भई वित्तीय क्षेत्रमा कुनै पनि घटना घट्नसक्ने चेतावनी चौलागाईले दिए । संयुक्त जनअधिकार आन्दोलन नेपालका एकता कार्यदल सदस्य सुरेश घिमिरेले ४ वर्षदेखि निरन्तर आन्दोलन गर्दा पनि न्याय दिनुको सट्टा सरकारले आफूहरुलाई झन पीडित बनाएको आरोप लगाए । घिमिरेले वित्तीय संस्थाहरुले ऐन–कानुनलाई नै मिचेर पीडितहरुलाई शोषण गरिरहेको बताउँदै भने, ‘समस्याहरु समाधान गर्न राज्यसँग छलफल हुँदै गर्दा मिटरब्याजी र बैंक, सहकारी, लघुवित्तहरुले लुटतन्त्र चलाईरहे ।’

घिमिरेले भने,‘सरकारले माग नसुनेपछि हाम्रा पीडित साथीहरुले गाउँगाउँमा लुटेराहरुको किल्ला भत्काउन सुरु गरिसक्नुभएको छ । पीडितहरुले ज्योति विकास बैंक सप्तरीका कर्मचारीहरुलाई जुत्ताको मालासहिति कालोमोशो दले जस्तै देशैभरीका वित्तिय माफिया र लुटेराहरुलाई कारवाही गर्न बाध्य हुनेछौं ।’ राष्ट्र बैंक नेतृत्वले चाहेमा सो समस्या समाधान हुने तर गभर्नर नै पीडकको पक्षमा रहेको आरोप लगाउँदै घिमिरेले पनि गभर्नरको राजीनामा मागे ।
मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रीय प्रतिनिधी दामोदर ढकालले राज्य र नेपाल राष्ट्र बैंक पीडितप्रति गैरजिम्मेवार बन्दा झन समस्या बल्जिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्रीको अभिव्यक्तिमा विपक्षीको विरोध
राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्रीको अभिव्यक्तिमा विपक्षीको विरोध
चट्याङ लागेर दुई जना घाइते
चट्याङ लागेर दुई जना घाइते
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
सुनसरीबाट ७८३ किलो गाँजासहित ट्रक नियन्त्रणमा
सुनसरीबाट ७८३ किलो गाँजासहित ट्रक नियन्त्रणमा
दोलखाको यलुङ-री हिमपहिरोमा बेपत्ता भएका ५ जनाको श*व भेटियो
दोलखाको यलुङ-री हिमपहिरोमा बेपत्ता भएका ५ जनाको श*व भेटियो
मतदाता सूचीमा नाम लेखाउने समय अब १ दिन बाँकी
मतदाता सूचीमा नाम लेखाउने समय अब १ दिन बाँकी
माओवादी बैठकमा प्रचण्डको प्रस्ताव: मंसिरमा विशेष महाधिवेशन, सबै समिति भंग गर्ने
माओवादी बैठकमा प्रचण्डको प्रस्ताव: मंसिरमा विशेष महाधिवेशन, सबै समिति भंग गर्ने
ओली समूहमा परेनन् रघुजी पन्त, उपाध्यक्षमा दिए स्वतन्त्र उम्मेदवारी
ओली समूहमा परेनन् रघुजी पन्त, उपाध्यक्षमा दिए स्वतन्त्र उम्मेदवारी
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ
विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय
विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय