सर्लाहीमा संगठन विस्तारमा जुटे नेता महतो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ३, २०८२
|
|
३० पटक हेरिएको
Shares
सर्लाहीमा संगठन विस्तारमा जुटे नेता महतो

सारांश

  • राष्ट्रिय मुक्ति पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो केही दिनदेखि लगातार आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर २ मा पार्टी संगठन सुदृढीकरणका लागि सक्रिय रहनुभएको छ ।
  • अध्यक्ष महतो कार्यकर्ता तथा आम नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको नीति, उद्देश्य र भावी कार्यदिशाबारे छलफल गरिरहनुभएको छ ।
  • बिहीबार अध्यक्ष महतोले हरिपुर्वा नगरपालिकामा आयोजित भेटघाट कार्यक्रममा सहभागी भई स्थानीय कार्यकर्ता तथा जनतासँग अन्तरक्रिया गर्नुभएको थियो ।

सर्लाही, ३ पुस । राष्ट्रिय मुक्ति पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो केही दिनदेखि लगातार आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर २ मा पार्टी संगठन सुदृढीकरणका लागि सक्रिय रहनुभएको छ । अध्यक्ष महतो कार्यकर्ता तथा आम नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको नीति, उद्देश्य र भावी कार्यदिशाबारे छलफल गरिरहनुभएको छ ।

बिहीबार अध्यक्ष महतोले हरिपुर्वा नगरपालिकामा आयोजित भेटघाट कार्यक्रममा सहभागी भई स्थानीय कार्यकर्ता तथा जनतासँग अन्तरक्रिया गर्नुभएको थियो । त्यसअघि बुधबार उहाँले ब्रह्मपुरी गाउँपालिकाका सबै वडाका कार्यकर्ता तथा स्थानीय नागरिकसँग भेट गरी संगठन विस्तार र जनसम्पर्कलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएको थियो ।

यसै क्रममा अध्यक्ष महतोले कौडेना गाउँपालिका र मलङ्गवा नगरपालिकामा पनि पार्टीका नेता–कार्यकर्तासँग भेट गरी संगठन विस्तारमा सक्रिय रहन निर्देशन दिनुभएको थियो । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी सर्लाहीमा पार्टी संगठनलाई मजबुत बनाउने उद्देश्यका साथ अध्यक्ष महतो निरन्तर जिल्लामा खटिइरहनुभएको जिल्ला अध्यक्ष गणेश यादवले जानकारी दिनुभयो ।

नेता महतोले आगामी निर्वाचनमा पार्टीलाई बलियो रूपमा प्रस्तुत गर्न कार्यकर्ता–जनताको एकता, सक्रियता र निरन्तर मेहनत आवश्यक रहेको उल्लेख गर्दै संगठन विस्तारलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लखनदेही खोलामा नुहाउन गएका सर्लाहीका १८ वर्षीय युवकको डुबेर मृ*त्यु
लखनदेही खोलामा नुहाउन गएका सर्लाहीका १८ वर्षीय युवकको डुबेर मृ*त्यु
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै
एक घण्टामै साढे ८ अर्बको सेयर कारोबार, नेप्सेले नाघ्यो २९००
एक घण्टामै साढे ८ अर्बको सेयर कारोबार, नेप्सेले नाघ्यो २९००
युएस ओपन करातेमा सन्तोषलाई काँस्य
युएस ओपन करातेमा सन्तोषलाई काँस्य
संसदमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदै
संसदमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदै
जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी
जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी
जनकपुरधाममा हिन्दूवादीहरुले गरे बांगलादेशविरुद्ध प्रदर्शन
जनकपुरधाममा हिन्दूवादीहरुले गरे बांगलादेशविरुद्ध प्रदर्शन
आज दिउँसो र राति केही ठाउँमा भारी वर्षाको सम्भावना
आज दिउँसो र राति केही ठाउँमा भारी वर्षाको सम्भावना
प्रतिनिधिसभा बैठक बस्दै, २ विधेयक प्रस्तुत गरिने
प्रतिनिधिसभा बैठक बस्दै, २ विधेयक प्रस्तुत गरिने
१६ वर्षीया किशोरीसँग विवाह गर्दै गरेको अवस्थामा सुनसरीबाट ३ चिनियाँसहित ८ जना पक्राउ