सरकार पुन:निर्माणको बाटोमा आशा जगाउन सफल : अर्थमन्त्री खनाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ३, २०८२
|
|
३४ पटक हेरिएको
Shares
सरकार पुन:निर्माणको बाटोमा आशा जगाउन सफल : अर्थमन्त्री खनाल

सारांश

  • अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुन:निर्माणको बाटोमा आशा जगाउन सफल भएको बताएका छन् ।
  • बिहीवार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  ।
  • भदौ २३ र २४ को घटनापछि नेपाल एउटा अनिश्चयको भुमरिमा फस्यो, अर्थतन्त्र ध्वस्त भयो, नागरिकहरु विचल्लीमा परे भन्ने परिदृश्य भन्दा फरक सरकारले ९० दिनमै तिब्रगतिमा पुन:निर्माण गरेको पनि बताए ।

३ पुस, काठमाडौं ।

अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुन:निर्माणको बाटोमा आशा जगाउन सफल भएको बताएका छन् । बिहीवार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  ।

भदौ २३ र २४ को घटनापछि नेपाल एउटा अनिश्चयको भुमरिमा फस्यो, अर्थतन्त्र ध्वस्त भयो, नागरिकहरु विचल्लीमा परे भन्ने परिदृश्य भन्दा फरक सरकारले ९० दिनमै तिब्रगतिमा पुन:निर्माण गरेको पनि बताए । ‘भदौ २३ र २४ को घटनापछिको एक हप्तामा जुन हिसावले नेपालीहरुले अनुमान गरेका थिए, नेपाल एउटा अनिश्चयको भुमरिमा फस्यो । अर्थतन्त्र ध्वस्त हुन्छ, नागरिकहरुले बिचल्लीको अवस्था भोग्नुपर्छ भन्ने त्यो परिदृश्यबाट हामी ९० दिनकै अवधिमा निकै चाँडो गतिले हामी पुनरुत्थानको बाटोमा, पुन:निर्माणको बाटोमा र आशा जगाउने बाटोमा अघि बढेका छौं,’ अर्थमन्त्री खनालले भने । कच्चा पदार्थ आयातको अंकले उत्पादनका कामहरुमा गतिशिलता बढेको देखाएको उनले बताए ।

गत तीन महिनाको अवधिमा भदौ महिनामा केही ह्रास भएपनि असोज, कार्तिक र मंसिर र पुसको आजको मितिसम्म करिव १० प्रतिशतको हाराहारीमा कर राजश्व वृद्धि भएको उनको भनाइ छ । ‘खासगरी अर्थतन्त्रमा आर्थिक गतिविधिहरु चलायमान छन् की छैनन्, उत्पादनका कामहरु बढेका छन् की छैनन्, आम उपभोक्ताको मनोबल बढेको छ की छैन भन्ने सूचकहरु मूलभुत रुपमा नेपाल सरकारको मूल्यवृद्धिकर, राजश्व संकलन,  अन्त:शुल्क संकलन, भन्सार संकलनले संकेत गर्दछ । कच्चा पदार्थ आयातको अंकले उत्पादनका कामहरुमा गतिशिलता बढेको छ।’ उनले भने, ‘उपभोग्य वस्तु र अन्तर इन्टरमेडेरी वस्तुको आयातले उपभोग बढाएको छ । उत्पादन बढाएको छ । गत तीन महिनाको अवधिमा भदौ महिनामा अलिकति ह्रास भएपनि असोज, कार्तिक र मंसिर र पुसको आजको मितिसम्म करिव १० प्रतिशतको हाराहारीमा यि तीन वटै कर राजश्व वृद्धि भएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हतकडी खालेर रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो
हतकडी खालेर रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो
जिल्ला प्रहरी परिसर काठमाडौंले बुझायो तीनकुने घटनाको अनुसन्धान, आइतबारमात्रै मुद्दा दर्ता हुने
जिल्ला प्रहरी परिसर काठमाडौंले बुझायो तीनकुने घटनाको अनुसन्धान, आइतबारमात्रै मुद्दा दर्ता हुने
राष्ट्रिय सभालाई प्रभावकारी सदनको रुपमा स्थापित गर्नुपर्छ : झाँक्री
राष्ट्रिय सभालाई प्रभावकारी सदनको रुपमा स्थापित गर्नुपर्छ : झाँक्री
कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
स्वास्थ्य बीमा सुधार समितिको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण
स्वास्थ्य बीमा सुधार समितिको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण
असोज २९ देखि १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै
असोज २९ देखि १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै
अविरल वर्षाले धनगढी जलमग्न : विद्यालय बन्द, बाढीको जोखिम उच्च
अविरल वर्षाले धनगढी जलमग्न : विद्यालय बन्द, बाढीको जोखिम उच्च
दुई पत्रकारलाई संसद् प्रवेशमा रोक
दुई पत्रकारलाई संसद् प्रवेशमा रोक
सिद्धान्त लोहनीलाई क्यानले ५ लाख सहयोग गर्ने
सिद्धान्त लोहनीलाई क्यानले ५ लाख सहयोग गर्ने
भूमि समस्या समाधान आयोगमा १२ लाखभन्दा बढी निवेदन
भूमि समस्या समाधान आयोगमा १२ लाखभन्दा बढी निवेदन