Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भक्तपुर बालकोटका एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
४० पटक हेरिएको
Shares
भक्तपुर बालकोटका एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

सारांश

  • भक्तपुरको बालकोट–२ वडाका नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीको एकता अभियानमा सहभागी भएका छन् ।
  • उनीहरू आज नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरी एकता अभियानमा सहभागी भएका छन् ।
  • प्रवेश गर्नेहरूमा एमाले बालकोटका नेता तथा वडा २ का अध्यक्षका उम्मेदवार रवि श्रेष्ठ, नेपाल–कोरिया मैत्री अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.

 

२ पुस, ललितपुर ।

भक्तपुरको बालकोट–२ वडाका नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीको एकता अभियानमा सहभागी भएका छन् । उनीहरू आज नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरी एकता अभियानमा सहभागी भएका छन् । प्रवेश गर्नेहरूमा एमाले बालकोटका नेता तथा वडा २ का अध्यक्षका उम्मेदवार रवि श्रेष्ठ, नेपाल–कोरिया मैत्री अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. डि. के. रोसन तथा एमाले सूर्यविनायकका नेता–कार्यकर्ताहरू ईश्वर सिलवाल, हरि बास्कोटा, भाइ कृष्ण श्रेष्ठ, अमृत सिलवाल, कृष्ण सिलवाल, विकास खत्री, दीपक खत्री, धुर्व के.सी., रुकुश वेकाजु, सुदिप प्रजा, कृष्णशरण लामिछानेलगायत रहेका छन् ।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले टीका र खादा लगाएर पार्टीमा स्वागत गरे । सो अवसरमा उनले कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाउँदै समाज परिवर्तन र जनताको पक्षमा दृढतापूर्वक अघि बढ्न नेपाली कम्युनिस्ट पार्टीमा गोलबन्द हुन सबैलाई आह्वान गरे । सो अवसरमा पार्टीमा सहभागी हुनुभएका नेताहरूले नेपाली कम्युनिस्ट पार्टीको नीति, विचार र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टीलाई मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन
अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन
बाघ खोज्न ४ स्थानमा क्यामेरा जडान
बाघ खोज्न ४ स्थानमा क्यामेरा जडान
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै
राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै
पहिरो खसेको कारण रोल्पामा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध
पहिरो खसेको कारण रोल्पामा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध
जातीय भेदभाव मानव गरिमाविरुद्धको अपराध : राष्ट्रपति पौडेल
जातीय भेदभाव मानव गरिमाविरुद्धको अपराध : राष्ट्रपति पौडेल
जनकपुर–जयनगर रेलसेवा ३ दिन बन्द
जनकपुर–जयनगर रेलसेवा ३ दिन बन्द
उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छौ : प्रधानमन्त्री
उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छौ : प्रधानमन्त्री
सुदूरपश्चिम सरकारद्वारा एक करोड आर्थिक सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा
सुदूरपश्चिम सरकारद्वारा एक करोड आर्थिक सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा
मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम
मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम